Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भल्भो मोबिलको डिलर्ससंग अन्तरक्रिया – Gaule Khabar

भल्भो मोबिलको डिलर्ससंग अन्तरक्रिया

भल्भो मोबिलको डिलर्ससंग अन्तरक्रिया

चितवन, पुस ४–

म्याटिक्स ट्रेड कन्सर्नको उत्पादन भल्भो मोबिलको डिलर्स संचालन गरिरहेका डिलर्सहरुसँग सौराहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याट्रिक्स ट्रेड कन्सर्नका अध्यक्ष दिलिप कुमार कर्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा भल्भो मोबिलका प्रोपाइटर अनोज कर्ण प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा म्याट्रिक्स ट्रेड कन्सर्नका प्रमुख कार्यकारी निर्देशक विनोद तामाङ, बोर्ड सदस्य अनिम श्रेष्ठ, राज केसी, मनोज राज भण्डारी, प्रदिप खड्की, केमिस्ट्री सन्तोष बर्मा, अटो नेपालका निर्देशक रोशनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
म्याट्रिक्स ट्रेड कन्सर्नका अध्यक्ष दिलिपकुमार कर्ण र भल्भो मोबिलका प्रोपाइटर अनोज कर्णले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक तामाङले भल्भो मबोलिको बारेमा प्रष्टाउनु भएको थियो । हालसम्म नेपालभरी १५ वटा डिलर भएको समेत उक्त अवसरमा जानकारी गराउनु भयो । उहाँले ४ वर्ष अगाडि शुरु गरिएको उक्त उत्पादनले निकै राम्रो चर्चा पाएको र आफूहरु उक्त उत्पादनबाट खुशी भएको समेत बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि अनोज कर्णले नेपाली बजारमा चलिरहेका इन्जिनको लागि भल्भो निकै फलदायी रहेको बताउनुभयो ।कार्यक्रममा मार्केटिङ म्यानेजर दिवस अधिकारीले म्याट्रिक्स ट्रेड कन्सर्नले उत्पादन गरेको भल्भोको बजार सन्तुष्ट भएको बताउनुभयो । उक्त कार्यक्रममा चितवनका डिलर्स प्रमुख उमेश साहनीले आफूले चितवन र आसपासको बजारमा भल्भोको उत्पादनलाई निकै प्राथमिकता साथ लागेर काम गर्ने बताए । अन्तरक्रिया कार्यक्रमा विभिन्न जिल्लाबाट आएका डिलर्सका संचालकहरुले सोधेका प्रश्नहरुको प्रमुख अतिथि, कम्पनीका प्रतिनिधिहरुले जवाफ दिएका थिए । म्याट्रिक्स ट्रेड कन्सर्न प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा म्याट्रिक्स टेडका बोर्ड सदस्य अनिम श्रेष्ठले समापन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका