हङकङमा वर्षकै ठूलो सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८, जनजीवन अस्तव्यस्त

हङकङमा वर्षकै ठूलो सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८, जनजीवन अस्तव्यस्त

गाउँले न्युज, १५ साउन, काठमाण्डौ । हङकङ अब्जरभेटरीले हङकङमा यो वर्षकै पहिलो ठूलो सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ (No. 8 Northeast Gale or Storm Signal) शुरु भएको सूचना जारी गरेको छ ।
वर्षकै ठूलो आँधी बेहेरी हङकङको समय अनुसार अपरान्ह १:४० बजेदेखि शुरु भएको हो । टाईफून सिग्नल नं. ८ का कारण जनजीवन प्रभावित हुनुका साथै आँधी बेहेरीक भारी वर्षा ल्याउने भएकोले यो समय शैक्षिक संस्था, बजार, व्यापारिक प्रतिष्ठान र अधिकांश यातायात सेवाहरु बन्द हुने गर्छन् ।
अपरान्हदेखि जारी टाईफूनले हङकङको जनजीवन अस्तव्यस्त पारेको स्थानिय संचार माध्यमले जनाएको छ । सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन् । भूमिगत रेलसेवाहरु सुचारु रहे पनि एमटिआर कर्पोरेशनद्वारा सञ्चालित बस सेवाहरु निलम्बन गरिएको छ ।
टाईफूनक कारण केएमबी, न्यु वर्ल्ड फस्ट बस, सिटी बसहरु अपरान्ह ४ बजेदेखि बन्द भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका