माप्य दुधकोशी गाउँपालिकामा तामा उत्खनन्को प्रक्रिया अघि बढ्यो

माप्य दुधकोशी गाउँपालिकामा तामा उत्खनन्को प्रक्रिया अघि बढ्यो

गाउँले न्यूज, ८ चैत्र, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा तामाखानी उत्खननको प्रक्रिया अघि बढेको छ । हाल माप्य दुधकोशी ६, ततकालिन वाकु गाविसको ७ र ८ न वडा वाप्सामा रहेको खानी उत्खनन् गर्न स्थानिय जनप्रतिनिधी र सरोकारवा बीच छलफल गरी सहमति गरेका छन् ।
खानी उत्खनन् गरी सञ्चालनमा ल्याउन वातावरणीय

प्रभाव मूल्यांकन (आईई) को काम अघि बढाउन सर्वपक्षीय सहमति भएपछि प्रक्रिया अघि बढेको हो । स्थानीयले आईईको काम सुरु भएपछि गरेको अवरोधका कारण २०७१ देखि काम अबरुद्ध थियो ।

गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दासहितको बैठकबाट खानी उत्खनन्को काम अघि बढाउने र तोकिएभन्दा अन्य क्षेत्रमा पनि अध्ययन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईका अनुसार खानी प्रभावित क्षेत्रका स्थानीयले आईईको काममा अबरोध गरेपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा चैत्र ५ गते बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सिमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आईई काम अघि बढाउने सहमति गरेको छ ।

स्थानीयको अवरोधले २०७१ सालमा काम सुरु गरेको चिनियाँ कम्पनी दोङ्साङ्ले काम गर्न सकिरहेको थिएन । बैठकले उत्खननको प्रभाव मूल्यांकनपछि प्रभावित स्थलमा पुगेर सार्वजनिक सुनुवाइको माध्यमबाट छलफल गर्ने र कानुनले तोकेका विषय र स्थानीयका सुझाव समावेश गरेर काम अघि बढाउन सबैले सहयोग गर्ने निर्णय भएको छ ।

स्थानीय जनप्रतिनिधी र सरोकारवाला बीछ भएको निर्णय
स्थानीय जनप्रतिनिधी र सरोकारवाला बीछ भएको निर्णय

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका