धेरै बजेट विनियोजित भए पनि समयको अभाब, उपभोक्ता समिति गठनमा विवाद र यातायातको असहजताले काममा बाधा

धेरै बजेट विनियोजित भए पनि समयको अभाब, उपभोक्ता समिति गठनमा विवाद र यातायातको असहजताले काममा बाधा

 

( स्न २०१७ सम्ममा हुम्ला जिल्लालाई पनि खुला दिसामुक्त क्षेत्र बनाउने अभियान तिब्र रुपमा काम भईरहेको अवस्था र जिल्लाको खानेपानी तथा सरसफाइका विविध पक्षहरुका बारेमा जिल्ला खानेपानी तथा ससफाइ सबडिभिजन कार्यालय हुम्लाका कार्यालय प्रमुख ज्वालाराज शाहीसँग गरिएको कुराकानी – सम्पादक )  

१. हुम्लाको सरसफाइको अवस्था कस्तो छ ?

हुम्ला जिल्ला भौगलिक दृष्टिकोणले अति विकट जिल्ला हो । यस जिल्लालाई हालसम्म कुनै क्षेत्रबाट सडक संजालले जोडेको छैन । यस जिल्लामा खानेपानी,सरसफाइ तथा स्वच्छता सम्वन्धी रणनितीक योजना २०६८ लागु हुनुभन्दा पहिले जिल्लामा सरसफाइको अवस्था एकदमै कमजोर थियो । रणनितीक योजनाले तय गरेको मार्ग चित्रमा टेकेर जिल्लामा काम गर्ने सवै सरोकारवाला संघसंस्थाहरुको समन्वयात्मक क्रियाशिलताले हाल १३ वटा गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भई साझा अभियानको रुपमा सञ्चालन भई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उल्लेखनिय परिवर्तन आएको छ । सरसफाइको कमीले लाग्ने रोगमा कमी हुनु र जिल्लाको खानेपानी र सरसफाइको पहुँचलाई पनि अध्ययन गर्दा हाल सन्तोष जनक पाइनुले पनि यस क्षेत्रमा परिवर्तन आएकोे छ ।

२. हुम्ला जिल्लाको साँस्कृतिक सामाजिक अवस्थाले जिल्लाको सरसफाइमा के कस्तो असर पारेको छ ?

भौगोलिक विकटताका कारण यस लिल्लामा खानेपानी र सरसफाइका सामाग्रीहरु सजीलोसंग उपलव्ध नहुनुले पनि शौचालय निमार्ण र खानेपानीको उपलव्धतामा सोचे जति उपलव्धी हुन सकेको छैन । यहाँको जनमानसमा पुर्खाहरुले खुला स्थानमा शौच गर्दा केही भएन भने किन हामीलार्ई चर्पी चाहियो । एकै ठाउँमा दिसा गर्दा बढी गन्ध आउँछ । चर्पी निर्माणमा अरुले सहयोग गरिदिनु पर्छ भन्ने जस्ता विभिन्न प्रकारका मान्यताहरुले पनि सरसफाइमा पहुँच बढाउन अप्ठ्यारो परेको र पारेको छ । परम्परासँग जोडिएका बस्तीका कारण चर्पी निर्माणमा असहज परिस्थिति महसुस भएको छ । समुदायस्तरमा रहेको विद्यमान मान्यतालाई सरसफाइ अभियानले केही हदसम्म भए पनि चेतनास्तरमा वृद्धि भएको हामी सरोकारवालाले महसुस गरेको अवस्था छ ।

३. हुम्ला जिल्लाको पहिचान झल्काउने स्वास्थ्य, सरसफाइ र स्वच्छता सम्बन्धी नाराले के कस्तो सहयोग पु–याउनेछ भन्ने कराको आशा गर्नु भएको छ ?

जिल्लामा तय भएको नारा एक आफैँमा हुम्ला जिल्लालाई गौरव बनाउने र जनजवीनको सवालमा केन्द्रित हुने नारा भएकाले सवैलाई सरसफाइमा लाग्न अभिपे्ररित गरेको छ । जिल्लाको साझा नारा भएका कारण सबैले आत्मसात गरी  नाराको भावना बमोजिम लाग्न आह्वान गर्दछु ।

४. हुम्ला जिल्लालाई खुला दिसामुक्त जिल्ला बनाउन के हामीहरु निर्धारित समयमा सफल हुन्छौ त ?

नेपाल सरकारको राष्ट्यि सरसफाइ गुरुयोजना २०६८ ले देशलाई सन २०१७ सम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप यस जिल्लामा पनि सवैको सहयोग र सहकार्यमा २०६८ सालमा रणनीतिक योजना तय भई हाल  सन् २०१५ मा उक्त रणनीतिक योजनालाई अध्यावधिक  गरि सन् २०१७  भित्र हुम्ला  जिल्लालाई  खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिई यस जिल्लाका सवै सरोकारवालाहरु निरन्तर रुपमा खटी सक्रिय रुपमा लागेकाले यस जिल्लालाई निर्धारित समयमा सफल हुने आशा लिएका छौ । यसमा सवैको सहयोग, सद्भाव र सहकार्यको पनि उक्ति कै आवश्यकता रहेको छ ।

५. खुला दिसामुक्त गाविसहरुमा जिल्ला खानेपाती तथा सरसफाइ सब डिभिजन कार्यालय हुम्ला र विभिन्न गैससहरु राष्ट्यि नीतिको दाम्लोमा बाँधिएर सैद्धान्तिक रुपमा मात्र खुला दिसामुक्त क्षेत्र ( वडा, गाविस) हरु मात्र घोषणा गर्ने गरेको आरोप छ ? के यो आरोपमा कति सहमत हुनुहुन्छ ?

यो कसैको  व्यक्तिगत आरोप मात्र हो ्यसमा सहमत छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भनेको कुनै संस्थाले चाहँदैमा हुने होइन । यसका धेरै प्रक्रीयाहरु छन् । गा.बि.स.स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अग्रसरता र सरोकारवालाहरुको सहयोगमा सरसफाइ कार्यक्रम सञ्चालन गरी सम्पूर्ण घरधुरीहरुमा चर्पी निर्माण तथा प्रयोग र आवश्यक मापदण्ड पुरा भए पछि ख्ध्ब्क्ज्ऋऋ को निर्णय सहित सम्बन्धित गा.बि.स.ले खुला दिसामुक्त क्षेत्र घोषणाका लागि अनुगमन गरी दिन भनि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अनुरोध गर्ने ब्यवस्था गरिएको छ । म्ध्ब्क्ज्ऋऋ ले तयार गरेको अनुगमन फारम सहित सदस्यहरु राजनितिक दलका प्रर्तिनिधिहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरु मध्येबाट सम्बन्धित गा.बि.स.मा खटाईने र अनुगमन टोलीले दिएको प्रर्तिबेदनको आधारमा मात्र खुला दिसामुक्त क्षेत्र घोषणालाई अनुमति दिने प्रावधान छ । यी विद्यमान प्रक्रियाले पनि सैद्धान्तिक रुपमा मात्र खुला दिसामुक्त क्षेत्र घोषणा भएको भन्न मिल्दैन । यसमा सबैभन्दा निरन्तरताको खाँचो छ । समुदायबाट हाम्रो लागी हो । जसबाट धेरै फाइदाहरु छन् भन्ने भावना आउनु जरुरी छ । समुदायको भावना र वानीब्यहोरा परिवर्तनको लागि विभिन्न माध्यमहरुबाट म्ध्ब्क्ज्(ऋऋ ले सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । आजका दिनमा केही हदसम्म सैदान्तिकभन्दा अन्तर मनवाट सरसफाइ गर्नुपर्छ भन्ने भावना सवैमा जागेको छ र यसमा आत्मसम्मानको विषय पनि जोडिएकोले दोषारोपणभन्दा अभियान सम्झन आग्रह गर्दछु ।

६.पानीको अभाबमा चर्पी प्रयोग सम्भब देख्नु हुन्छ ?

सरसफाइको लागि पानी अत्यन्त जरुरी चिज हो । चर्पीको लागि मात्र हैन कि पानी आवश्यक हुन्छ जस्तो मलाई लाग्दैन किनकी पिउन, नुहाउन, खाना बनाउन, घर सफा गर्न, पशुवस्तुहरुलाइ पानी दिनको लागि जसरी पानीको ब्यवस्था          गरिन्छ । त्यसरी नै चर्पीको लागि ब्यवस्था गर्न जरुरी छ । किनकी चर्पी पनि घरभित्रकै एक जरुरी अंग हो भनि सम्झन सबैमा  अनुरोध गर्न चाहन्छु ।

७. हुम्ला जिल्लामा वर्षेनी खानेपानी तथा सरसफाइमा कति बजेट खर्च हुने गरेको छ ?

हुम्ला जिल्लाका लागि खानेपानी तथा सरसफाइका लागि वार्षिक बजेट  सरदर रु. ३ करोडको हाराहारीमा बिनियोजन भएको छ । तर खर्च भने त्यति हुन सकेको छैन । काम गर्ने समयको अभाब, उपभोक्ता समिति गठनमा बिबाद, खानेपानीमा प्रयोग हुने अधिकांश निर्माण सामाग्रीहरु नेपालगंज तथा सुर्खेतबाट ल्याउनु पर्ने वाध्यताका कारण जिल्लामा सामाग्रीहरुको सहज उपलब्धता नहुनु, सडक सञ्जालबाट टाढा रहनु जस्ता कारणले विनियोजन भएको रकम खर्च हुन सकेको छैन ।

८. हुम्ला जिल्लामा सम्पन्न भएका खानेपानी योजनाहरुको निरन्तरता र दिगोपनका लागि खानेपानी संञ्चालनमा उपभोक्ता समितिहरुको भूमिका कस्तो हुनु पर्छ ?  

यस जिल्लामा सरकारी तथा ग्रैहसरकारी संघ संस्था मार्फत धेरै खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् । कतिपय आयोजनाहरुमा नियमित रुपमा मर्मत संभार गरि उपभोक्ता समितिले राम्रोसँग सञ्चालन गरेका छन् भने कतिपय आयोजनामा उपभोक्ता समितिले उचित ब्यवस्थापन गर्न नसक्दा नियमित रुपमा पानी सञ्चालन गर्न सकेका छैनन् । उपभोक्ता समितिलाइ खानेपानी आयोजना निर्माणमा गुणस्तर कायम राख्न, आयोजनालाई दिगोपनामा वृद्धि गर्न र आयोजनाप्रति उपभोक्ताहरुको अपनत्व जगाउन शुरुवातबाट नै संलग्न गराइएको हुन्छ । आयोजनाको गुणस्तर कायम राख्न, आयोजनाको सञ्चालन तथा मर्मत सम्भारको जानकारी दिने हिसाबले आयोजना निर्माण पूर्व तथा निर्माण पछि पजि उपभोक्ता समितिलाई तालिमको ब्यवस्था गरिएको हुन्छ । आयोजनाको अवस्था हेरी एक वा दुई जनालाई मर्मत सम्भार कार्यकर्ताको ब्यवस्था पनि गरिएको हुन्छ । जसलाई उपभोक्ताहरुले पारिश्रमिक वापत नगद वा अन्न दिने ब्यवस्था गरि आयोजना हस्तान्तरण गरिएको हुन्छ । त्यसैले आयोजनालाई राम्रोसँग सञ्चालन गर्न उपभोक्ता समितिले नियमित मर्मत सम्भार र मर्मत सम्भार कार्यकर्तालाई उचित पारिश्रमिकको ब्यवस्था र नियमित रुपमा महसुल उठाउने जस्ता कार्य गरेमा पक्कै पनि उपभोक्तहरु लाभान्वित हुने हुनेछन् ।

९. आयोजनाहरुको मर्मत सम्भारको के कस्तो ब्यवस्था  रहेको छ ?

अधिकांश खानेपानी योजना मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । नियमित रुपमा मासिक महसुल उठाउने गरेको, मर्मत सम्भार कार्यकर्ताले काम गरि रहेको र पारिश्रमिकको ब्यवस्था भएको, उपभोक्ता समिति विधिवत रुपमा जलस्रोत समितिमा दर्ता भएको, नियमित रुपमा समितिको बैठक बस्ने गरेको र मर्मत सम्भार कोषको ब्यवस्था भएको योजनाको मर्मतको लागि माग भएमा प्राथमिकतामा राखिने र यी  उपरोक्त ब्यवस्था नभएका आयोजनाहरुलाई प्राथमिकतामा नराख्ने नीति बनेको छ ।

१०.अन्तमा यहाँको केही भन्नु छ कि ?

खानेपानी योजना बन्दैमा आपैm पानी चल्ने होइन निरन्तर रुपमा रेखदेख, मर्मत सम्भार गर्नु जरुरी छ । यसमा आमउपभोक्ता तथा उपभोक्ता समितिले ध्यान दिन अनुरोध गर्दछु र स्वस्थ रहन वातावरण स्वच्छ चाहिन्छ । त्यसैले घरघरमा चर्पी बनाई प्रयोग गरौं, वाताबरण स्वच्छ राखौं भन्दै सम्पूर्ण हुम्लीबासी दाजुभाइ तथा दिदी बहिनीह्रुलाई अनुरोध गर्दछु । यो कचहरी दैनिकले पनि हुम्ला जिल्लाका जनजीविकाका सवालहरु सम्बोधन गर्ने कामम सक्रिय र निरन्तरता पाओस् भन्ने शुभकामना सहित धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका