Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केही पदमा कैयौं गुणा आवेदन, केहीमा शून्य – Gaule Khabar

केही पदमा कैयौं गुणा आवेदन, केहीमा शून्य

केही पदमा कैयौं गुणा आवेदन, केहीमा शून्य

शरद शर्मा,

काठमाडौं, मंसिर २३–

लोकसेवा आयोगद्वारा निजामती कर्मचारीको पदपूर्तिका लागि माग गरेका केही पदमा कैयौं गुणा बढी आवेदन परेपनि केही पदमा भने आवेदन दिनेको सङ्ख्या शून्य नै रहेको छ ।

आयोगले आवेदन माग गर्ने विभिन्न श्रेणी र पदका लागि कैयौँ गुणा बढी आवेदन परे पनि प्राविधिक तर्फका केही विषयमा भने पदपूर्तिका लागि दरखास्त नै नपर्ने गरेको छ । आयोगले आर्थिक वर्ष २०७२/७३ मा एकसय २६ वटा विज्ञापनमा एकसय ७२ पदका लागि दर्खास्त दिनेको सङ्ख्या शून्य रहेको तथ्याङ्क अधिकृत सञ्जयकुमार चौधरीले जानकारी गराउनुभयो ।

आयोगमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, महिला विकास निरीक्षकजस्ता पदमा सयौं गुणा आवेदन पर्ने गरेको छ । उहाँका अनुसार आवेदन शून्य हुनेमा स्वास्थ्य सेवा, इन्जिनियरिङ र राजपत्रअङ्कित द्वितीय श्रेणीका प्राविधिक पद रहेका छन् ।

आयोगकी सूचना अधिकारी गीता हुमागाईंले शैक्षिक योग्यता र मापदण्डका आधारमा योग्यता नपुग्दा आवेदन नपरेको बताउनुभयो । “अधिक स्वास्थ्य क्षेत्रका केही पदमा आवेदन नपर्ने समस्या छ”, उहाँले भन्नुभयो–‘‘ती पदमा शैक्षिक योग्यता पुगेपनि मापदण्ड नपुग्दा आवेदन नै पर्दैनन् ।”

तथ्याङ्क अधिकृत चौधरीका अनुसार सबैभन्दा बढी प्राविधिकतर्फ राजपत्राङ्कित द्वितीय श्रेणीका ७२ विज्ञापनका एकसय १६ पदमा र स्वास्थ्यका ३९ विज्ञापनका ४५ पदमा आवेदन नपर्ने गरेका छन् । राजपत्राङ्कितमा इन्जिनियरिङ, कृषितर्फ भेटेरिनरी, वन, नापी समूहका रहेका छन् । यसरी आवेदन नपर्नेमा तीन पदबाहेक सबै आन्तरिक प्रतियोगिता हुने गरेको छ । आवेदन नदिनेमा खुलातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको रेखा विशेषज्ञ, स्वास्थ्य तर्फका नवौँ श्रेणीका आयुर्वेद र ग्यास्ट्रोइन्टरोलोजी सर्जरी रहेका छन् । बाँकी एकसय ६९ पद सबै आन्तरिक प्रतियोगिताका पद रहेका छन् ।

चौधरीले राजपत्राङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत पदमा तल्लो पदमा कुनै उम्मेदवार नहुने कारण आन्तरिक प्रतियोगिताबाट पूर्ति हुने पदमा दर्खास्त नपर्ने गरेको बताउनुभयो । आयोगले ती पदमा बर्सेनि विज्ञापन गरेपनि विस २०६९ देखि आवेदन नपर्ने गरेको चौधरीले बताउनुभयो । “बर्सेनि विज्ञापन गरेपनि कुनै न कुनै पदमा दर्खास्त पर्दैनन्”, उहाँले भन्नुभयो–‘‘तर हामीले ऐनमा व्यवस्था भएअनुसार विज्ञापन गरेका छौँ ।”

इन्जिनियरिङ सेवातर्फ माइनिङ इन्जिनियरिङ, सिभिल एभिएसन इन्जिनियरिङ पदमा शैक्षिक योग्यताका कारण आवेदन नपर्ने गरेका छन् । “हामीले सामान्य प्रशासन मन्त्रालयले पठाएको तथ्याङ्कका आधारमा विज्ञापन गर्ने गरेका छौँ”, हुमागाईंले भन्नुभयो–“तर ती पदमा आवेदन नपरेर त्यतिकै खेरगएका छन् ।”

तथ्याङ्क अधिकृत चौधरीले आन्तरिक प्रतियोगितामा पदपूर्ति हुने विज्ञापनमा कार्यालय सहयोगी मात्र पाउने व्यवस्था भएकाले योग्यता नपुग्दा आवेदन नै नपर्ने गरेको बताउनुभयो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रीता पोखरेलले मन्त्रालयले रिक्त दरबन्दी पठाएको आधारमा आफूहरुले विज्ञापनका लागि आयोग पठाउने गरेको बताउनुभयो । “मन्त्रालयले कर्मचारी चाहियो भनेर हामीलाई रिक्त दरबन्दी पठाउने गरेका छन्”, उहाँले भन्नुभयो–“अनि हामीले त्यही मागका आधारमा विज्ञापन गर्न आयोगलाई पठाउने गरेका छौँ ।” –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका