कचहरी डट कम, हुम्ला ।।
उपलब्ध दस्तावेज अनुसार नेपालको एकीकरणपछि नेपालभरि कानुनी, प्रशासनिक तथा न्यायिक गतिविधिहरु सञ्चालन गर्नका लागि काठमाडौंको हनुमानढोकालाई आधार बनाएर देशभरि नै कोशेढुङ्गाको स्थापना गरिएको पाइन्छ । विशेषत ः हुलाक सेवा, सरकारी कामकाजमा गाउँघरमा जाँदा र बन्दव्यापार गर्दा कुनै पनि स्थानमा आउनजान कति समय लाग्छ ।
सोका भौगोलिक मापन गर्नका लागि कोशेढुङ्गाको व्यवस्था गरिएको पाइन्छ । हनुमानढोका दरबारलाई शुन्य कोश मानि त्यहाँबाट हुम्लाको सिमकोट धुपीरुख १७९ कोश मानिएको छ । राजा राजेन्द्रको पालामा यसको अद्यावधि गरिएको पाइन्छ । त्यसपछिका शासकहरुले बेलाबेलामा कुनै ठाउँमा लोहस्तम्भ त कुनै ठाउँमा ढुङ्गेस्तम्भ बनाई प्रत्येक कोशमा राखिएको ठाउँलाई नै कोशढुङ्गा वा कोशचौर भनिन्छ । यस्ता ठाउँहरुमा ससाना चौतारी, बिसुन, पाटीपौवा, पानीका कुण्ड धारा तथा मुग्राहरु पनि बनाइएका हुन्छन् ।