Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दोस्रो चितवन मत्स्य महोत्सव सुरु – Gaule Khabar

दोस्रो चितवन मत्स्य महोत्सव सुरु

दोस्रो चितवन मत्स्य महोत्सव सुरु

चितवन, पुस १–
नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा दोस्रो चितवन मत्स्य महोत्सव २०७३ सुरु भएको छ । यही पुस १ देखि ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा महोत्सव हुनेछ । महोत्सवको कृषि राज्य मन्त्री राधिका तामाङले उद्घाटन गर्नुभयो । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको आज उद्घाटन सत्रअघि झाकी सहितको र्याली निकालिएको थियो ।

महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम रहेको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो ।

15555151_1461949447189050_1536825395_o

महोत्सवमा ४५ वटा स्टल रहेको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । यमहोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका