Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिमाखोला पक्की पुल निर्माण कार्य अलपत्र – Gaule Khabar

हिमाखोला पक्की पुल निर्माण कार्य अलपत्र

हिमाखोला पक्की पुल निर्माण कार्य अलपत्र

जुम्ला, माघ २४-

यहाँको सिंजा भेकमा पर्ने शनिगाउँ गाविसस्थित हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको छ ।

यो पक्की पुल निर्माणका लागि २०१३ अक्टोबर ३१ तारिखमा शान्तिराम जेभी कौशलटारसँग सम्झौता भएको थियो । रु दुई करोड २४ लाख ६९ हजार बजेटमा निर्माणका लागि सम्झौता भएको पुलको निर्माण कार्य अहिलेसम्म हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका सव–इञ्जिनियर चूडामणि भट्टले जानकारी दिनुभयो ।

“पुल निर्माणका लागि जेभीका प्रतिनिधि ब्रमजङ्ग बमले रु ४४ लाख पेस्की लिइसक्नुभएको छ, निर्माणका हिसाबले भने एकातिरको फाउन्डेसन तयार र केही कच्चा पदार्थ जम्मा गर्नेबाहेक अरु केही भएको छैन” – सव–इञ्जिनियर भट्टले भन्नुभयो ।

उहाँले थप्नुभयो – “यो ठेक्काको सम्झौताको म्याद थपिएको छैन । निर्माण कार्य सञ्चालन नभएकाले जिविसले २०७१ पुस ६ गते कालीकोट जिल्ला प्रहरी कार्यालयसँग जेभीका प्रतिनिधिलाई पक्राउ गरी हाजिर गराउन चिठी काटेको थियो । तर पनि उनी सम्पर्कमा छैनन् ।”

विसं २०७२ मा असार, मङ्सिर र चैत महिना गरेर तीनपटक ताकेता पत्र दिँदा पनि बम सम्पर्कमा नआएको जिविसले जनाएको छ । ठेक्का प्रक्रिया आफैँमा झन्जटिलो भएकाले अब नयाँ विकल्प खोज्ने र उक्त ठेकेदारलाई कालोसूचीमा राख्ने बताइएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका