Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सत्र दलले मात्र वार्षिक आयव्यय बुझाए – Gaule Khabar

सत्र दलले मात्र वार्षिक आयव्यय बुझाए

सत्र दलले मात्र वार्षिक आयव्यय बुझाए

काठमाडौँ, मंसिर २९ –

आर्थिक वर्ष २०७२÷७३ मा निर्वाचन आयोगमा मुलुकका १७ राजनीतिक दलले वार्षिक आयव्यय विवरण बुझाएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका १५९ दल छन् भने संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० वटा रहेको छ । संसद्मा प्रतिनिधित्व गर्नेमध्ये पाँच वटा दलले मात्र आयव्यय विवरण बुझाएका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

आयव्यय बुझाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल परिवार दल रहेका छन् । यस्तै संसद् बाहिरका दलमा मधेस तराई फोरम, चुरेभावर लोकतान्त्रिक पार्टी, पिछडावर्ग दलित निषाध दलित जनजाति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, संयुक्त राष्ट्रिय जनपरिषद् नेपाल, युनाइटेड ग्रिन अर्गनाइजेसन, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मुस्कान सेना नेपाल, नेपाल दलित पार्टी, नेपाल युवा किसान पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक र राष्ट्रवादी एकता पार्टी छन् ।

आव २०७१÷७२ मा ११८ राजनीतिक दलले वार्षिक आयव्यय बुझाएका आयोगले जनाएको छ । छब्बीस राजनीतिक दललाई वार्षिक आयव्यय नबुझाएको आरोपमा आयोगले खारेज गरेको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि २६ राजनीतिक दल खारेजीमा परेका हुन् । खारेजीमा परेका दलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रेमबहादुर सिंहको अध्यक्षतामा रहेको समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी, नेपाल जनभावना पार्टी, सशक्ति पार्टी, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल राष्ट्रिय जनकल्याण दल, जनमुक्ति पार्टी नेपाल, शिव सेना, लिवरल समाजवादी पार्टी, नेपाल साम्यवादी दल, नवनेपाल प्रजातान्त्रिक दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टी र समाजवादी पार्टी रहेका छन् ।

यस्तै नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, हरियाली पार्टी नेपाल, नवजनवादी मोर्चा, नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त माक्र्सवादी० नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ, नेपाल दलित श्रमिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत०, तराई मधेस पहाड हिमाल एकता पार्टी र ॐ सेना नेपाल रहेका छन् ।

आयोगले लगातार तीन आर्थिक वर्षसम्म ती राजनीतिक दलले आफ्नो पार्टीको वार्षिक आयव्यय नबुझाएकाले खारेज गर्नुपरेको जनाएको छ । बर्सेनि आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक आयव्यय बुझाउनुपर्ने प्रावधान छ । तोकेको समयमा आयव्यय नबुझाएपछि ती दल खारेज भएका हुन् ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन आयोगमा दर्ता भएका दलमध्ये केही निर्वाचन प्रयोजनका लागि र केही पार्टी सञ्चालनका लागि हुने गरेका बताउनुभयो । “आयोगमा दर्ता भएका सबै दल निर्वाचनमा भाग लिन्छन् भन्ने छैन,” उहाँले भन्नुभयो ।

विस २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा प्रतक्ष्यबाट १२० तथा समानुपातिक निर्वाचन प्रणालीबाट १२२ दलले भाग लिएका आयोगले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका