Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हुलाकी राजमार्गमा दश नयाँ शहर,सम्भावना कहाँ कहाँको छ ?पढ्नुहोस् ! – Gaule Khabar

हुलाकी राजमार्गमा दश नयाँ शहर,सम्भावना कहाँ कहाँको छ ?पढ्नुहोस् !

हुलाकी राजमार्गमा दश नयाँ शहर,सम्भावना कहाँ कहाँको छ ?पढ्नुहोस् !

काठमाडौं,माघ २४-

सडक विस्तरमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दश शहरको विकास हुने भएको छ ।

नयाँ सहर विकास आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले तराई–मधेसको विकासका लागि हुलाकी राजमार्गमा दश नयाँ शहर विकास गर्ने अवधारणा सरकारले अगाडि सारेको बताउनुभयो ।  उहाँले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म हुलाकी राजमार्गमा दश नयाँ शहर विकासका लागि सरकारले स्थान छनोटबारे अध्ययन सुरु गरिसकेको जानकारी दिनुभयो ।  यो राजमार्गको कुल लम्बाइ झापाको भद्रपुरदेखि महाकालीको दोधारा चाँदनीसम्म करिब एक हजार ६०० किलोमिटर छ ।

यस आयोजनाको काम आव २०६३/६४ मा काम सुरु भई २०७४÷७५ मा सम्पन्न हुने अपेक्षा गरिए पनि हालसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नै बन्न सकेको छैन ।

आयोजनाका निर्देशक कण्ठका अनुसार मध्यपहाडी लोकमार्गमा छानिएका दश शहरको मापदण्डजस्तै हुलाकी राजमार्गमा पनि दशवटा शहर विकासका लागि बस्ती सङ्कलनको नाम छनोटका लागि अध्ययन प्रक्रिया सुरु गरिएको छ ।

हुलाकी राजमार्ग र सो वरिपरि व्यवस्थित सहरको विकास गरी यो भेगमा शहरीकरण गरिने उद्देश्यसहित २०७२÷७३ को बजेट वक्तव्यमा सरकारले हुलाकी राजमार्गमा दशवटा नयाँ शहर विकास गर्ने अवधारणा अघि सारेको थियो ।  चालु आर्थिक वर्षमा सरकारले परामर्शदाता नियुक्त गरी बस्ती छनोट प्रक्रिया अगाडि बढाइएको जानकारी आयोजना निर्देशक कण्ठले जानकारी दिनुभयो ।

अहिले तराई–मधेसमा रहेका साबिकका ५८ वटा नगरपालिका बाहेकका स्थानमा नयाँ शहरको विकास गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।  विकास गर्न लागिएका नयाँ शहरको घोषणा तराईमा रहेका साबिकका नगरपालिका, उपमहानगरपालिकाबाहेक नवघोषित नगरपालिका, गाउँपालिका, बजार केन्द्र वा बस्ती मध्येबाट गरिने जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी, प्युठान र सुर्खेत जिल्लामा समेत दुईवटा नयाँ शहरको विकास हुने भएको छ ।  नयाँ सहर विकास आयोजनाका निर्देशक कण्ठले प्युठान र सुर्खेत जिल्लामा दुईवटा नयाँ सहर विकासका लागि मन्त्रालयस्तरीय निर्णय स्वीकृत भई गुरुयोजना तर्जुमाको काम भइरहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार, प्युठानमा भिङ्ग्री बजार तथा सुर्खेतमा भेरी गङ्गा उपत्यका नामको नयाँ शहर विकास गर्न लागिएको हो ।

प्युठानमा भिङ्ग्री, गोठीबाङ, बर्जिबाङ, बेलबास र सारीसहित पाँचवटा गाविसलाई समेटेर नयाँ शहरको विकास गर्न लागिएको हो भने सुर्खेतमा भेरी गङ्गा नगरपालिका, शुभ गङ्गामाला नगरपालिकासहित अन्य पाँचवटा गाविस समेटेर नयाँ शहर निर्माण गर्न लागिएको हो ।  यसप्रकार, मध्य पहाडी राजमार्गमा दश, हुलाकी राजमार्गमा दश तथा प्युठान र सुर्खेत जिल्लामा एक एक गरी २२ नयाँ शहरको विकास गर्न लागिएको हो ।

नयाँ शहर विकासले आमनागरिकबीच थप ‘कनेक्टिभिटी’ बढ्नुका साथै नयाँ शहर आसपासका बासिन्दाको जीवनस्तर उकासिने तथा निजी क्षेत्रको लागि पनि ठूलो अवसर प्राप्त हुने विश्वास सरकारले गरेको छ ।

सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२ ) अन्तर्गत मुलुकको पूर्वबाट पश्चिम सिमाना छिचोल्ने गरी मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गको निर्माण गरिरहेको छ ।  २० वर्षे यो दीर्घकालीन सडक गुरुयोजनाअनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दुरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका