Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुर रोटरीले ल्यायो निःशुल्क चाईल्ड डे केयर सेन्टर – Gaule Khabar

भरतपुर रोटरीले ल्यायो निःशुल्क चाईल्ड डे केयर सेन्टर

भरतपुर रोटरीले ल्यायो निःशुल्क चाईल्ड डे केयर सेन्टर

चितवन, माघ १९–

रोटरी क्लव अफ भरतपुरले आजबाट चाईल्ड डे केयर सेन्टर संचालनमा ल्याएको छ ।
भरतपुर–४ बेलचोकस्थित भगवती टोलमा निम्न आय भएका परिवारलाई लक्षित गरि चाईल्ड डे केयर संचालनमा ल्याएको हो ।
आज एक कार्यक्रमकाबीच रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का एजी निरञ्जन प्रधानले चाईल्ड केयरको उद्घाटन गर्नुभयो । कार्यक्रमका संयोजक आईपी ढकालले चाईल्ड डे केयरको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न रोटरी र रोटर्याक्ट क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो चाइल्ड डे केयरमा २५ जना बालबालिकाहरु राख्न सकिने छ । आज पहिलो दिन १५ जना बालबालिकाहरुले सेवा लिएका छन् । सो चाईल्ड डे केयरमा २ देखि पाँच वर्षसम्मका बालबालिकाहरुले निःशुल्क सेवा लिन पाउने छन् । कार्यक्रम रोटरी क्लव अफ भरतपुरका अध्यक्ष बसन्त रानाभाटको अध्यतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका