पुएर्टो रिकोकी स्टेफनी बनिन् मिस वर्ल्ड, नेपाल उपाधिविहीन

पुएर्टो रिकोकी स्टेफनी बनिन् मिस वर्ल्ड, नेपाल उपाधिविहीन

एजेन्सी,पुस ४-

पुएर्टो रिकोकी स्टेफनी डेल वेलेले सन् २०१६को मिस वर्ल्डको उपाधि हात पारेकी छिन्। डोमिनिकन रिपब्लिक र इन्डोनेशियाबाट टप तीनमा परेका सहित विश्वभरका ११६ सुन्दरीहरुलाई पछि पार्दै उनले ताज पहिरेकी हुन्।

वाशिंगटनमा भएको  मिस वर्ल्ड प्रतियोगितामा स्पेनिश, अंग्रेजी र फ्रेंच भाषामा पोख्त  १९ वर्षीया छात्रा स्टेफनी डेल उत्कृष्टा साबित भइन् भने मिस डोमिनिकन रिपब्लिककी यारिट्जा मिगुएलीना रेयेस रमिरेज फस्ट रनर्स अप र मिस इंडोनेशिया नताशा मैनुएला सेकेण्ड रनर्सअप भए।

सन् २०१५ की मिस वर्ल्ड स्पेनकी मिरिया लालागुना रोयोले यो पटको विजेतालाई मिस वर्ल्डको ताज लगाइ दिएकी थिइन्।मिस नेपाल अस्मी श्रेष्ठ ब्युटी विद् दि पर्पोजको फाइनालिस्ट भए पनि उपाधि जित्न भने असफल भइन्। यो विधामा उपाधि इन्डोनेसियाली सुन्दरीले जितिन्।

image

image

image

image

image

image

image

image

image

image

image

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ