Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट – Gaule Khabar

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

काठमाडौँ, मंसिर २३ –

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियाको सुमात्रा टापूको उत्तरी भागमा बुधबार गएको शक्तिशाली भुइँचालोमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आफ्ना इन्डोनेसियाली समकक्षी जोको उइडोडोलाई आज एक शोक सन्देश पठाउँदै राष्ट्रपति उइडोडोमार्फत इन्डोनेसियाली जनतामा हार्दिक समवेदना एवम् दिवङ्गत भएकाहरुका परिवारजनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति उइडोडोलाई आजै एक शोक सन्देश पठाउँदै इन्डोनेसियाली जनतामा हार्दिक सहानुभूति एवम् समवेदना प्रकट गर्नुभएको छ ।

पाकिस्तानी राष्ट्रपतिप्रति समवेदना

राष्ट्रपति भण्डारीले पाकिस्तानका राष्ट्रपति मौनुन हुसेनलाई आज एक शोक सन्देश पठाउँदै पाकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी सर्वसाधारणको मृत्यु भएकोमा शोक प्रकट गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री दाहालले पनि आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई आजै एक समवेदना सन्देश पठाउँदै पाकिस्तानी जनतामा समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसद्वारा शोक व्यक्त

इन्डोनेसियामा बुधवारको भूकम्पमा परी ४० जनाको निधन र १९० जना भन्दा बढी व्यक्ति घाइते भएको घटना तथा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उडान पिके – ६६१ दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

इन्डोनेसिया र पाकिस्तान तथा त्यहाँका जनताले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति नेपाली काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले हार्दिक सहानुभूति प्रकट गर्नुभएको हो ।

साथै उहाँले भूकम्प र विमान दुर्घटनामा परी निधन हुनुभएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली काँग्रेस हार्दिक समवेदना व्यक्त गरेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका