Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्राफिक कार्यालयद्वारा एक कारोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन – Gaule Khabar

ट्राफिक कार्यालयद्वारा एक कारोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक कार्यालयद्वारा एक कारोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन

पर्सा, माघ१६ –

सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३÷७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताउनुभयो । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिनुभयो ।

चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ११ हजार आठ सय चार ट्रक, आठ सय बस, सात सय ३५ जिप÷कार÷भ्यान, एक हजार दुई सय ४६ ट्याक्टर, चार हजार सात सय ८८ मोटरसाइकल र एक हजार दुई सय ७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउने आठ सय ३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त सङ्ख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताउनुभयो । मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा रु आठ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका