Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गायकलाई उपचारार्थ सहयोग – Gaule Khabar

गायकलाई उपचारार्थ सहयोग

गायकलाई उपचारार्थ सहयोग

पोखरा, पुस ५ –

सामुदायिक मेलमिलापकर्ता समाज कास्कीको सक्रियतामा बिरामी भएर उपचार गराइरहेकासामुदायिक मेलमिलाप समिति हेमजाका संयोजक लालबहादुर गायकलाई रु ६७ हजार ५०० सहयोग गरिएको छ ।

समुदायमा मेलमिलाप कार्यमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय गायक मुटु लगायत स्वास्थ्य समस्याका कारण काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको छ ।
सामुदायिक मेलमिलापकर्ता समाज कास्कीका संयोजक प्रतिभा अधिकारीले गायकलाई समाजका तर्फबाट रु २० हजार र अन्य सहयोग जिल्लास्थित सिद्ध, ढिकुरपोखरी, पोखरा उपमहानगरपालिका, सार्दी खोला, लेखनाथ, कृस्ती, रुपाकोट र भरतपोखरीका सामुदायिक मेलमिलाप समिति मार्फत उपलब्ध गराइएको हो ।

कास्की जिल्लामा २०६० सालदेखि सामुदायिक मेलमिलाप सेवा सञ्चालन हुँदै आएको छ । समुदायस्तरका विवाद प्रहरी चौकी एवम् अदालतसम्म नपु¥याउने उद्देश्यका साथ समाज एवम् स्थानीय समिति क्रियाशील बनेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका