Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ, हिउँ हेर्न जानेको भीड, यातायात अवरुद्ध – Gaule Khabar

सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ, हिउँ हेर्न जानेको भीड, यातायात अवरुद्ध

सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ, हिउँ हेर्न जानेको भीड, यातायात अवरुद्ध

हेटौँडा, माघ १५ –

त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताउनुभएको छ ।

काठमाडाँै र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । हिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिनुभयो । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका