Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला लक्ष्यित बजेटबारे ग्रामीण महिला बेखवर – Gaule Khabar

महिला लक्ष्यित बजेटबारे ग्रामीण महिला बेखवर

महिला लक्ष्यित बजेटबारे ग्रामीण महिला बेखवर

मलेखु ९धादिङ०, मंसिर २३ –

माजिक कार्यकर्ता बन्नुभएकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालयको नजिकै बस्नुहुन्छ तर उहाँलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन ।

मैदी गाविस निवासी गौरी भट्टलाई गाविसमा महिलाका लागि बजेट छुट्याइन्छ भन्ने थाहा थियो । उहाँले त्यसलाई उपयोगमा ल्याउन अन्य महिलालाई भेला गरेर सिलाइ बुनाइसम्बन्धी कामका लागि एउटा समिति गठन गर्नुभयो ।

सो समितिले गाविसमा महिलाका नाममा आएको बजेटबाट आफूहरुलाई बजेट दिन माग गरेपछि गाविस सचिवले सर्वदलीय बैठकमा छलफल गराए । तर राजनीतिक दलले आफ्नो पार्टीका कार्यकर्ता समितिमा नपरेको भन्दै आपत्ति जनाएपछि रकम दिन मानेनन् ।

खरी गाविसकी लक्ष्मी श्रेष्ठ गाविस कार्यालयमा महिलाको बजेट के कति छ भनेर सोध्न जानुभयो । बजेटको बारेमा जानकारी पाउनुको सट्टा “घाँस काट्न नगएर किन आएको रु” भन्ने जवाफ मात्र उहाँले पाउनुभयो ।

महिला कार्यकर्ताहरुको भेलामा अधिकांश गाविसका महिलाले महिलाका नाम बजेट व्यवस्था भएकोबारे जानकारी नभएको र भएकाले पनि बजेटको सदुपयोग गर्न नपाएको गुनासो हालै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालसामु राखेका थिए ।

सहयात्री समाजले आयोजना गरेका लैङ्गिक बजेटसम्बन्धी छलफल कार्यक्रममा अधिकांश महिलाले महिला लैङ्गिक बजेटमा पुरुषको हालीमुुहाली रहेको गुनासो गरेका थिए ।

दश गाविसमा महिला लक्ष्यित बजेटबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहयात्री समाजका ज्ञानु कँडेलले सरकारले तोकेअनुसार १० प्रतिशत बजेट नछुट्याइएको, छुट्याइएको बजेट पनि फ्रिज गरिएको, महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा खर्च नगरी अन्यत्र खर्च गरिएकोजस्ता तथ्य फेला परेको बताउनुभयो ।

गाविसको जम्मा बजेटमध्ये १० प्रतिशत छुट्याउनुपर्ने अनिवार्य प्रावधान भए पनि जम्मा रु २५ लाखमात्र छुट्याइएको पाइएको छ र यो रकम अत्यन्तै न्यून हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका