Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संस्कृत पदावलीबाट जेलिएको नेपाली विषयको प्रश्नपत्रबाट परीक्षार्थी जिल्लिए – Gaule Khabar

संस्कृत पदावलीबाट जेलिएको नेपाली विषयको प्रश्नपत्रबाट परीक्षार्थी जिल्लिए

लुम्बिनी,माघ १४ –
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रूपन्देहीले लिएको माध्यमिक शिक्षा तह अभ्यास परीक्षा २०७३ अन्तर्गतको अनिवार्य नेपाली विषयको प्रश्नपत्र तहगत सिकाइ भन्दा निकै जटिल भएको पाइएको छ ।

प्याब्सनले गत सोमबार लिएको नेपाली विषयको परीक्षामा बाँडिएको प्रश्नपत्र सहभागी विद्यार्थीले अत्यन्त जटिल तथा संस्कृत पदावलीेहरु अत्यधिक प्रयोग गरी निर्माण गरिएको र तयारी राम्रो हुँदाहँुदै पनि सोचे अनुसारको अङ्क ल्याउन सक्ने अवस्था नरहेको गुनासो गरेका छन् ।

कतिपय विद्यालयका विद्यार्थीले नेपाली विषयकै कारण आफूहरूको यस पटकको नतिजा बिग्रने अवस्था सिर्जना भएको बताएका छन् । भैरहवाको एक विद्यालयबाट परीक्षा दिएकी साहिन खातुनले नेपाली विषयको प्रश्नपत्र पनि संस्कृतका पाठबाट निकालेर निर्माण गरिएका कारण आफ्नो परीक्षा बिग्रिने चिन्ता गरिन् । उनले भनिन् – ‘निर्धारित पाठ्यक्रमको ढाँचाविपरीत अधिकांश प्रश्न सोधिएका र संस्कृत शब्द धेरै आएका कारण लेख्नै सकिनँ ।’

प्रश्नपत्र निकै जटिल खालको आएपछि भैरहवामा नाम चलेकै एक विद्यालयका सबैजसो विद्यार्थी एकघन्टामै बाहिरिएको स्रोतले बताएको छ । पाठ्यक्रममा प्रयोग नभएका शब्द राखी प्रश्नपत्र निर्माण गरिएको मात्र हैन सोधिएको गद्यांश पनि संस्कृतका धेरै पदावलीबाट जेलिएको गुनासो उनीहरुको छ ।

लामो समयदेखि नेपाली विषयको अध्यापन गराउँदै आएका अधिकांश शिक्षक समेत पश्नपत्र देखेर चकित बनेका छन् । शिक्षकका अनुसार कतिपय शब्दको अर्थ शब्दकोशमा नै भेटिँदैन भने, केही अशुद्धिसँगै संस्कृत शब्दको छ््यापछ््याप्ती प्रयोग हुँदा यसबाट विद्याथीको नतिजा बिग्रने अवस्था छ ।

केही शिक्षक भन्छन् – ‘यही प्रश्नपत्रको उत्तर दिन हामीलाई नै लगाउने हो भने पनि अधिकांशले ५० प्रतिशतसम्म पनि कटाउन नसकिने खालको छ ।’

नेपाली विषयको परीक्षालाई लिएर जिल्लाका निजी विद्यालय बीचमा तरङ्ग उत्पन्न भएको छ । कतिपय विद्यालयका प्रिन्सिपलले अनावश्यक रुपमा जटिल प्रश्नपत्र निर्माण गरी विद्यार्थीलाई हतोत्साही बनाएको भन्दै प्याब्सन नेतृत्वसँग आक्रोश पोखेका छन् । उनीहरुले विद्यार्थीको तहभन्दा निकै माझिएको प्रश्नपत्र काट्न लगाएर विद्यार्थीको हातसम्म पुग्दा समेत प्याब्सन नेतृत्वले किन ‘क्रस चेक’ नगरेको भन्ने प्रश्न पनि गरे ।

बुटवलस्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक कविराज पौडेलले पश्नपत्र तयार गर्नुभएको प्याब्सन नेतृत्वले बताएको छ । प्याब्सन रुपन्देहीले पौडेलमाथि पूर्ण विश्वास व्यक्त गर्दै अर्को नेपाली शिक्षकले उनले तयार पारेको प्रश्नपत्र हेर्न समेत दिएका थिएनन् ।

नेपालीको प्रश्नपत्र विद्यार्थीको तहभन्दा निकै जटिल आएको भन्दै सर्वत्ररुपमा आलोचना भएपछि पश्नपत्र निमार्णकर्ता पौडेललाई प्याब्सन रुपन्देहीले सोही दिनै लिखित स्पष्टीकरण सोधेको प्याब्सन अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले प्रश्नपत्रप्रति आम विद्यार्थी तथा शिक्षकको आक्रोश र आलोचना आएपछि उहाँमाथि लिखित स्पष्टिकरण सोधिएको बताउनुभयो ।

अध्यक्ष पौडेलले हालै लिइएको अनिवार्य नेपालीको प्रश्नपत्र विद्यार्थीको तहभन्दामाथि गएर तयार गरिएको स्वीकार गर्नुभयो । ‘अहिले आएको प्रश्नपत्र संस्कृतको आधार टेकेर आएको छ,’ उहाँले भन्नुभयो – ‘यसका कारण विद्यार्थीले परीक्षामा जटिलता महसुस गरेको पाएका छौँ ।’

प्रश्नकर्ता पौडेललाई गत सोमबार सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार दिनुभएको छ । उहाँले विद्यार्थीलाई नेपाली विषयप्रति पनि पढ्ने बानी बसाल्न यस्तो खालको प्रश्नपत्र निर्माण गरिएको आफ्नो जवाफमा उल्लेख गर्नुभएको प्याब्सन अध्यक्ष पौडेलले जानकारी दिनुभयो । विद्यार्थीलाई चुनौतीको सामना गर्नसक्ने क्षमताको विकास गर्न पनि आफूले कडा खालको प्रश्नपत्र बनाएको जवाफ दिनुभएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसमा बहस गर्न खोजे आफू त्यसका लागि तयार रहेको पनि उहाँले आफ्नो जवाफमा उल्लेख गर्नुभएको बताइएको छ । रासस

लुम्बिनी, १४ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० रूपन्देहीले लिएको माध्यमिक शिक्षा तह अभ्यास परीक्षा २०७३ अन्तर्गतको अनिवार्य नेपाली विषयको प्रश्नपत्र तहगत सिकाइ भन्दा निकै जटिल भएको पाइएको छ ।

प्याब्सनले गत सोमबार लिएको नेपाली विषयको परीक्षामा बाँडिएको प्रश्नपत्र सहभागी विद्यार्थीले अत्यन्त जटिल तथा संस्कृत पदावलीेहरु अत्यधिक प्रयोग गरी निर्माण गरिएको र तयारी राम्रो हुँदाहँुदै पनि सोचे अनुसारको अङ्क ल्याउन सक्ने अवस्था नरहेको गुनासो गरेका छन् ।

कतिपय विद्यालयका विद्यार्थीले नेपाली विषयकै कारण आफूहरूको यस पटकको नतिजा बिग्रने अवस्था सिर्जना भएको बताएका छन् । भैरहवाको एक विद्यालयबाट परीक्षा दिएकी साहिन खातुनले नेपाली विषयको प्रश्नपत्र पनि संस्कृतका पाठबाट निकालेर निर्माण गरिएका कारण आफ्नो परीक्षा बिग्रिने चिन्ता गरिन् । उनले भनिन् – ‘निर्धारित पाठ्यक्रमको ढाँचाविपरीत अधिकांश प्रश्न सोधिएका र संस्कृत शब्द धेरै आएका कारण लेख्नै सकिनँ ।’

प्रश्नपत्र निकै जटिल खालको आएपछि भैरहवामा नाम चलेकै एक विद्यालयका सबैजसो विद्यार्थी एकघन्टामै बाहिरिएको स्रोतले बताएको छ । पाठ्यक्रममा प्रयोग नभएका शब्द राखी प्रश्नपत्र निर्माण गरिएको मात्र हैन सोधिएको गद्यांश पनि संस्कृतका धेरै पदावलीबाट जेलिएको गुनासो उनीहरुको छ ।

लामो समयदेखि नेपाली विषयको अध्यापन गराउँदै आएका अधिकांश शिक्षक समेत पश्नपत्र देखेर चकित बनेका छन् । शिक्षकका अनुसार कतिपय शब्दको अर्थ शब्दकोशमा नै भेटिँदैन भने, केही अशुद्धिसँगै संस्कृत शब्दको छ््यापछ््याप्ती प्रयोग हुँदा यसबाट विद्याथीको नतिजा बिग्रने अवस्था छ ।

केही शिक्षक भन्छन् – ‘यही प्रश्नपत्रको उत्तर दिन हामीलाई नै लगाउने हो भने पनि अधिकांशले ५० प्रतिशतसम्म पनि कटाउन नसकिने खालको छ ।’

नेपाली विषयको परीक्षालाई लिएर जिल्लाका निजी विद्यालय बीचमा तरङ्ग उत्पन्न भएको छ । कतिपय विद्यालयका प्रिन्सिपलले अनावश्यक रुपमा जटिल प्रश्नपत्र निर्माण गरी विद्यार्थीलाई हतोत्साही बनाएको भन्दै प्याब्सन नेतृत्वसँग आक्रोश पोखेका छन् । उनीहरुले विद्यार्थीको तहभन्दा निकै माझिएको प्रश्नपत्र काट्न लगाएर विद्यार्थीको हातसम्म पुग्दा समेत प्याब्सन नेतृत्वले किन ‘क्रस चेक’ नगरेको भन्ने प्रश्न पनि गरे ।

बुटवलस्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक कविराज पौडेलले पश्नपत्र तयार गर्नुभएको प्याब्सन नेतृत्वले बताएको छ । प्याब्सन रुपन्देहीले पौडेलमाथि पूर्ण विश्वास व्यक्त गर्दै अर्को नेपाली शिक्षकले उनले तयार पारेको प्रश्नपत्र हेर्न समेत दिएका थिएनन् ।

नेपालीको प्रश्नपत्र विद्यार्थीको तहभन्दा निकै जटिल आएको भन्दै सर्वत्ररुपमा आलोचना भएपछि पश्नपत्र निमार्णकर्ता पौडेललाई प्याब्सन रुपन्देहीले सोही दिनै लिखित स्पष्टीकरण सोधेको प्याब्सन अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले प्रश्नपत्रप्रति आम विद्यार्थी तथा शिक्षकको आक्रोश र आलोचना आएपछि उहाँमाथि लिखित स्पष्टिकरण सोधिएको बताउनुभयो ।

अध्यक्ष पौडेलले हालै लिइएको अनिवार्य नेपालीको प्रश्नपत्र विद्यार्थीको तहभन्दामाथि गएर तयार गरिएको स्वीकार गर्नुभयो । ‘अहिले आएको प्रश्नपत्र संस्कृतको आधार टेकेर आएको छ,’ उहाँले भन्नुभयो – ‘यसका कारण विद्यार्थीले परीक्षामा जटिलता महसुस गरेको पाएका छौँ ।’

प्रश्नकर्ता पौडेललाई गत सोमबार सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार दिनुभएको छ । उहाँले विद्यार्थीलाई नेपाली विषयप्रति पनि पढ्ने बानी बसाल्न यस्तो खालको प्रश्नपत्र निर्माण गरिएको आफ्नो जवाफमा उल्लेख गर्नुभएको प्याब्सन अध्यक्ष पौडेलले जानकारी दिनुभयो । विद्यार्थीलाई चुनौतीको सामना गर्नसक्ने क्षमताको विकास गर्न पनि आफूले कडा खालको प्रश्नपत्र बनाएको जवाफ दिनुभएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसमा बहस गर्न खोजे आफू त्यसका लागि तयार रहेको पनि उहाँले आफ्नो जवाफमा उल्लेख गर्नुभएको बताइएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका