श्रीमतीको हत्या

श्रीमतीको हत्या

दाङ,मंसिर ३० –

गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको आज घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ