Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगन्जमा एक सातादेखि यातायातको सर्भर डाउन, ‘विकल्प’ नखोज्दा लाइसेन्सका सबै काम रोकियो – Gaule Khabar

वीरगन्जमा एक सातादेखि यातायातको सर्भर डाउन, ‘विकल्प’ नखोज्दा लाइसेन्सका सबै काम रोकियो

वीरगन्जमा एक सातादेखि यातायातको सर्भर डाउन, ‘विकल्प’ नखोज्दा लाइसेन्सका सबै काम रोकियो

वीरगन्ज,माघ ९-

यातायात व्यवस्था विभागको सर्भरमा उत्पन्न समस्याले एक सातादेखि सेवाग्राहीहरू पीडित बनेका छन्।

यातायात व्यवस्था (लाइसेन्स) कार्यालय नारायणी वीरगन्जले गत पुस २८ गतेदेखि नै सेवा दिन नसकेको सेवाग्राहीको गुनासो छ। लाइसेन्सको नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्नुपर्ने काम सर्भरमा आएको समस्याको कारण हुन नसकेको उक्त कार्यालयका सूचना अधिकारी शालिग्राम पौडेलले बताए।

ुसो समस्याको कारण काम गर्न असहज भइरहेको छ, उनले भने, सर्भर बेलाबेलामा आउने–जाने गरिरहेको छ। यातायातको सर्भरमा समस्या देखा परेपछि कार्यालयले आफ्नो गेटमा सूचना टाँस गरी सेवाग्राहीलाई सूचित गरिसकेको छ।

यातायातको सर्भरको मर्मत तथा नियन्त्रण विभागबाटै गरिन्छ। विभागले यसको विकल्पमा अञ्चल कार्यालयहरुलाई अरू कुनै साधन वा उपकरण दिएको छैन। यसअघि केही महिनापहिले पनि यातायातको सर्भर डाउन भएर देशभरि कार्य ठप्प भएको थियो।

आजै विभागमा समस्याबारे कुरा गरेँ, भोलिसम्म सर्भर ठिक हुने आश्वासन पाएको छु, प्रमुख नेपालले बताए। लाइसेन्सको तथ्यांक, लिखित तथा ट्रायल पास गरेको सबै तथ्यांक अनलाइन सर्भरमा जोडिएकोले नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्न समस्या भइरहेको कर्मचारीहरू बताउँछन्। त्यसैगरी, सर्भरको समस्याको कारण हालै मोटरसाइकलको लाइसेन्सको लागि आवेदनको दर्ता प्रक्रिया पनि प्रभावित भएको कर्मचारीहरुले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका