Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली सेनाबाट फलामे पुल निर्माण – Gaule Khabar

नेपाली सेनाबाट फलामे पुल निर्माण

नेपाली सेनाबाट फलामे पुल निर्माण

रसुवा, मंसिर २६ –

नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य दु्रत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल ९बेलिब्रिज० निर्माण भएको छ ।

नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार हाकु गाविसको वडा नं ९ र राम्चे गाविस–१ बीच मैलुङ दोभानको त्रिशूली नदीमा फलामे पुल निर्माण गरिएको हो ।

सामान ढुवानीका लागि २४ टन भारबहन क्षमताको १२० फिट लामो सो पुलले सडक निर्माणमा चाहिने उपकरणलगायत सबै प्रकारका निर्माण सामग्री निर्माणस्थलमा लैजान सहज भएको र केही समयपछि सोही आसपासमा अर्को पक्की पुल निमाण भएपछि सो पुल झिकिने कार्यदलले जनाएको छ ।

सरकारको निर्देशन बमोजिम डेढ वर्षभित्र १७ किमी डबल लेनको ९सडक० राजमार्ग निर्माणको काम दु्रत रूपमा अगाडि बढिरहेको र हालसम्म लगभग चार हजार मिटरमा ट्र्याक खुली दुई किमी सडक डबल बनाउने कार्य सम्पन्न भइसकेको बताइएको छ ।

कडा चट्टानले पैदलसमेत हिँड्न सम्भव नभएको भौगोलिक विकट क्षेत्रमा राष्ट्रिय गौरवको सडक निर्माणमा नेपाली सेनाले गरेको कार्य गुणस्तर तवरले अगाडि बढेको देखिएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा त्रिशूलीदेखि सोम्दाङसम्मको १०५ किमी सडक नेपाली सेनाले निर्माण गरेको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका