Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनका विद्यालयभित्र ‘जंक फुड’ हटाउन निर्देशन – Gaule Khabar

चितवनका विद्यालयभित्र ‘जंक फुड’ हटाउन निर्देशन

चितवनका विद्यालयभित्र ‘जंक फुड’ हटाउन निर्देशन

किशोर खनाल

चितवन,पुस १३-
जिल्ला शिक्षा कार्यालय चितवनले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई विद्यालय हाताभित्र जंक फुड (महिनौदेखि प्लास्टिकभित्र राखिएको खानेकुरा) हटाउन कडा निर्देशन दिएको छ ।

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले विद्यालय हाताभित्र ‘जंक फुड’ निषेध गर्न कडा रुपमा पत्र पठाइएको जानकारी दिए । हरेक स्रोत व्यक्ति, विद्यालय निरीक्षक र प्रधानाध्यापकलाई विद्यालयका चमेनागृहमा ‘जंक फुड’ बिक्री नगर्न निर्देशन दिइएको छ । ‘जंक फुड’ मात्र होइन, प्लाष्टिकका झोला, धुमपान, मदिरापान, सुर्तीजन्य पदार्थसमेत पूर्णरुपमा निषेध गर्न पत्र पठाइएको छ’ जिल्ला शिक्षा अधिकारी अर्यालले भने ।

केही दिनअघि भरतपुर उपमहानगरपालिकाका दुई दर्जनभन्दा बढी विद्यालय पुग्दा आधाजति विद्यालयका चमेनागृहमा ‘जंक फुड’ बिक्री भइरहेको भेटिएको थियो । ‘यो सामाजिक विषय हो, स्कुलमात्र सचेत भएर हुँदैन । समाजका सबैमान्छे सचेत बन्न जरुरी छ । एकचोटी सबै विद्यालयमा जंक फुड हटाउन त गाह्रो छ । तर विस्तारै विद्यालयलाई ‘जंक फुड’रहित बनाउने अभियानमा जिल्ला शिक्षा कार्यालय लाग्नेछ’ जिशिअ अर्यालले भने ।

‘जंक फुड’को बिक्री नगर्न भनी दिइएको निर्देशनपत्र सबै विद्यालयमा पुगेपछि जिल्ला शिक्षा कार्यालयको टोली अनुगमनमा जाने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकृत भूमिलाल सुवेदीले बताए । ‘यसमा अभिभावक, र विद्यार्थीलाई पनि सचेतना गराउनपर्छ एकैचोटी नसकिए पनि विस्तारै कार्यान्वयनमा आउँछ’ सूचना अधिकृत सुवेदीले बताए ।दिव्यनगर स्रोत केन्द्रका स्रोत व्यक्ति राधाकृष्ण घिमिरेले जिल्ला शिक्षा कार्यालयको पत्रअनुसार आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयका प्रअहरुलाई विद्यालयभित्र ‘जंक फुड’ निषेध गर्न निर्देशन गरेको बताए ।

त्यस्तै, भण्डारा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्सालले विद्यालयभित्र ‘जंक फुड’ हटाउन कार्यालयबाट पत्र आएको बताए । ‘पत्र आएको छ, प्रअहरुको बैठक राखेर विद्यालय हाताभित्र जंक फुड हटाउन निर्देशन दिइएको छ’ स्रोत व्यक्ति लम्सालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका