डा. केसीको समर्थनमा चितवनका अस्पतालका ओपीडी सेवा बन्द हुने

डा. केसीको समर्थनमा चितवनका अस्पतालका ओपीडी सेवा बन्द हुने

चितवन,मंसिर १६-

नेपाल चिकित्सक संघ चितवनले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाव दिन भन्दै अस्पतालका ओपीडी बन्द गर्ने निर्णय गरेको छ ।संघका जिल्ला अध्यक्ष डा. प्रकाश खतिवडाको अध्यक्षतामा आज बिहान बसेको आकस्मिक बैठकले मंसिर १७ गतेदेखि जिल्लाका सवै अस्पतालका आकस्मिक बाहेकका सवै सेवा बन्द गर्न अपिल गर्ने निर्णय गरेको छ ।

१९ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सक डा. केसीका माग सम्वोधन गर्न सरकार उदासिन देखिएको भन्दै संघले डा. केसीको जीवन रक्षाका लागि ओपिडी सहितका सेवा बन्द गरेर दवाव दिनुपरेको संघका सचिव डा. भोजराज अधिकारीले जानकारी दिए ।

चिकित्सकहरुले नीजि अस्पतालका सवै ओपिडी सेवा बन्द गर्ने र भरतपुर अस्पतालको आकस्मिक कक्ष बाहिर बसेर बिरामीहरुलाई सेवा प्रदान गर्ने डा. अधिकारीले बताए ।

‘नीजि अस्पतालका ओपिडीमा चिकित्सकहरुले बिरामी हेर्नु हुनेछैन, भरतपुर अस्पतालमा आउने बिरामीहरुलाई आकस्मिक कक्ष बाहिर नै जाँच गर्ने व्यवस्था गरिने छ, बिरामीहरु प्रति हामी सम्वेदनशिल छौं ’ संघका उपाध्यक्ष डा. केशव पौडेलले भने ।

यसैबीच, चिकित्सक संघ चितवनले घोषणा गरेको संर्घषका कार्यक्रममा सरकारी चिकित्सकहरुको संगठन न्इम्ब्ल् ले पनि ऐक्यवद्धता जनाएको संयोजक डा. कालिदास अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ