Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीद्वारा रुकुमको चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन – Gaule Khabar

प्रधानमन्त्रीद्वारा रुकुमको चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन

प्रधानमन्त्रीद्वारा रुकुमको चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन

रुकुम,पुस ९-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला  ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरेका छन् । शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् ।

जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो । चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बूंदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु ।’

चुनवाङ बैठकले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्याएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘केन्द्रीय कार्यालयका बरिष्ठ नेता साथीहरु पनि सँगै हुनुहुन्छ, आज मलाई पूनर्मिलनको अनुभूति भएको छ । चुनवाङ बैठक नै त्यस्तो बैठक हो, जसले नेपालको राजनीतिलाई नै मोडिदियो । तर, राजनीतिमा आएको परिवर्तन अनुसार तपाईहरुको जीवनमा अझै गुणात्मक परिवर्तन आउन सकेको छैन । सबै परिवर्तन एकैचोटी सम्भव हुँदैन । तर, परिवर्तनको युगान्तकारी नेतृत् वगर्ने यस ठाउँको मुहार फेर्नैपर्छ । सरकार त्यसका लागि गम्भीर र जिम्मेवार भएर लाग्नेछ ।’

कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति थियो।

गुरिल्ला ट्रेलका लागि जिल्ला विकास समिति रुकुमले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको सो अवसरमा जानकारी दिइयो । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ । यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री गणेशमान पुनले जानकारी दिए ।

गुरिल्ला ट्रेलसँगै उद्घाटन गरिएको युद्ध संग्रहालयमा तात्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु सुरक्षित रहनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका