चितवन,पुस ९-
चकलेट खासगरी कोको नामक फलको चूर्णबाट गर्ने गरिन्छ । यसको फलको बियाँ निकाले घाममा सुकाउने गरिन्छ भने त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो पारिन्छ ।उक्त धुलोमा चिनी, कोको, दुध तथा हाइड्रोजेनेटेड पेजिटेबल आयल एच।बी।ओ लाई गाइ वा भैंसीको दूधमा मिसाएर जमाउने गरिन्छ ।
यसरी जमेको ठोस बस्तुलाई बिभिन्न साइज वा आकारमा काटेर अलग अलग प्याकेटमा बन्द गरी बजारमा बिक्री बितरणका लागि पठाइन्छ । त्यो नै चकलेट हो ।खासगरी चकलेट बनाउनका लागि प्रयोग गरिने कोकोको दुध र बियाँमा फिनेल, इथाइल एमीन, जानथीम, र थाइब्रोमिन नामक तीन बिभिन्न कार्बनिक यौगिकहरु निहीत रहेका हुन्छन् । जसको असर अत्यन्त हानिकारक हुने गरेको छ ।
बैज्ञानिक अनुसन्धान अनुसार इथाइल एमीन जब शरीरभित्र प्रवेश गर्दछ तब यसले सबैभन्दा पहिले रक्तबाहिनीहरुको भित्री सतहमा रहेका न्युरान्स नामक तत्वहरुलाई बिशेष रुपमा प्रभाव पार्दछ ।
यसबाट क्यान्सर र हृदयघात जस्ता घातक रोगहरु उत्पन्न हुन सक्दछ । हृदय रोग बिशेषज्ञहरुका अनुसार चकलेट खानाले शरीरका बिभिन्न तान्त्रिक कोषहरुमा रहेका रिसेप्टर नामको तत्वलाई उत्तेजित पार्दछ र यसबाट डीएनएडी आक्सी रिबोन्युकिकल एसिड र जीन सक्रिय हुने गर्दछ ।
यस प्रकारको सक्रियताबाट शरीरमा रहेका कोषिकाहरुलाई एक यस्तो रासायनिक तत्व निर्माण गर्न उत्प्रेरित गर्दछ जसले रक्तचाप र मुटुको धड्कन बढाउने काम गर्दछ ।साथै यस प्रकारको हानिकारक रासायनिक तत्व निर्माण गर्नमा मिथाइल जानथीन र थियोब्रोमिन नामको तत्वहरुले पनि एक किसिमको सहयोगी भूमिका निभाउने गरेको छ ।
हामीले खाने चकलेटको माध्यमबाट यी तीनै प्रकारको रासायनिक तत्वहरु एकसाथ शरीरमा प्रवेश गर्ने गर्दछ । शरीरमा यी रासायनिक तत्वहरुले तबसम्म आफनो प्रतिकूल असर छोडिरहेको हुन्छ जबसम्म यो पेटको आमाशयभित्र पूर्णरुपमा पचाइसकेको हुँदैन ।
चकलेट अत्याधिक मात्रामा खाने ब्यक्तिहरुको मुटु र रक्त प्रवाहमा अतिरिक्त दबाब पर्ने भएकाले यसले घातक रोगको रुप लिन पुग्दछ ।त्यति मात्र होइन चकलेट बनाउन प्रयोग गरिने निकिल नामक धातुले हृदय रोग बढाउने एक प्रमुख कारक तत्वको रुपमा रहेको पाइएको छ । एजेन्सी