नेपालगञ्जमा सुरु भयो शितलहर, हवाई उडान बन्द

नेपालगञ्जमा सुरु भयो शितलहर, हवाई उडान बन्द

नेपालगन्ज,मंसिर १९-

बाँकेमा शीतलहरले नेपालगन्जबाट हुने सम्पूर्ण हवाई उडान बन्द भएका छन्। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रिता महतोका अनुसार साना र ठूला हवाई जहाजका लागि प्रयाप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो। बाँकेमा आइतबार विहानदेखि हवाई उडानका लागि भिजिविलिटी नभएको बताउँदै उनले दिनभर हवाई उडानका लागि प्रयाप्त भिजिविलिटी नभएको बताइन्। उनका अनुसार बाँकेमा आइतबार दिनभर ६ सयदेखि ७ सयसम्म मात्र भिजिविलिटी रहेको छ। सानो जहाज उडानका लागि १ हजार ६ सयदेखि २ हजारसम्म र ठूला जहाजका लागि २ हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ।

आइतबार नेपालगन्जको न्यूनतम तापक्रम १३.६ रहेको छ भने अहिलेसम्म आकाश खुलेको छैन। ‘दिउँसो १ बजेपछि आकाश खुल्ने सम्भावना रहँदैन, यो क्रम केहि दिनसम्म रहने सम्भावना छ,’ उनले भनिन्। चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ। नेपालगन्ज लगायतका शहरमा किनमेल र हिड्डुल गर्ने सर्वसाधारणको संख्यासमेत पातलिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ