खोटाङ,पुस ६-
यहाँका दुई युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
दिक्तेल नगरपालिका– ९ का सुरेश कार्की र नरेन्द्र कार्कीको संयुक्त पहलमा हलेसी साबुन उद्योग सञ्चालन गरिएको छ । काठमाडौाबाट कच्चा पदार्थ ल्याई सो साबुन उद्योग सञ्चालन गरिएको हो ।
उद्योगका सञ्चालक सुरेश कार्कीका अनुसार रु सात लाखको लागतमा डल्लो र आयताकार साबुन उत्पादन भइरहेको छ । तीनवटा साबुन राखिएको एक किलो बराबरको एउटा प्याकेटको मूल्य रु ९० तोकिएको छ । – रासस