Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु – Gaule Khabar

लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

काठमाडौँ, मंसिर २१ –
लुम्बिनी बौद्ध विश्वविद्यालयले पुरातत्व ९आर्कियोलोजी० विषयमा एकवर्षे स्नातक तथा सङ्ग्रहालय विज्ञानमा ९म्युजियोलोजी० स्नातकोत्तरको अध्ययन÷अध्यापन हालै सुरु गरेको छ ।

कुनै पनि विषयमा स्नातक पूरा गरेकाले आर्कीयोलोजीमा एक वर्षका लागि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसलाई ‘पोस्ट ग्राजुएसन डिप्लोमा एक वर्षे’ भनिएको छ । पाठ्यक्रमका लागि ५०० पूर्णाङ्कको विषयवस्तु बनाइएको छ ।

विश्वविद्यालयका डिन भद्ररत्न बज्राचार्यका अनुसार जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले सङ्ग्रहालय विज्ञानमा स्नातकोत्तरको अध्ययन गर्न सक्नेछन् ।

सो विषयका अध्ययन गर्न दुई वर्षको समयावधि लाग्नेछ भने पाठ्यक्रमका लागि २००० पूर्णाङ्कको विषयवस्तु अध्ययन पूरा गर्नुपर्छ ।

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार ती नयाँ विषयको पठनपाठन थालिएको डिन बज्राचार्यले बताउनुभयो ।

केन्द्रीय क्याम्पस लुम्बिनीमा भएको विश्वविद्यालयले काठमाडौँ उपत्यकाका केही बौद्ध विहार तथा बौद्ध अध्ययन केन्द्रलाई बौद्ध दर्शनमा स्नातकोत्तरको अध्ययनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय स्थापना भएको करिब एक दशक भएपनि सोही विश्वविद्यालयले बौद्ध दर्शनमा केन्द्रीय क्याम्पसमा पठनपाठन सुरु गरेको तीनवर्ष मात्र भएको छ । – रासस
–––––––––

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका