प्रदेश टुक्राएको बिरोधमा प्युठानमा प्रदर्शन

प्रदेश टुक्राएको बिरोधमा प्युठानमा प्रदर्शन

प्युठान, मंसिर १८–

अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा आज (शनिबार) विहानैदेखि आन्दोलन सुरु भएको छ ।

प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् । आज जिल्लाका १० बजार इलाकाहरुमा उद्योग व्यवसायीहरुले दवाव मुलक र्‍याली तथा कोण सभा गरेका छन् ।

प्यूठान उद्योग बाणिज्य संघको आव्हानमा बजार इलाकाहरुले आन्दोलन गरेका हुन् । संविधान संशोधन मार्फत प्रदेश नं. ५ लाई टुक्राउन नहुने भन्दै उनीहरुले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

हिमाल, पहाड र तराईलाई अलग बनाएर मुलुकको आर्थिक समृद्धि नहुने व्यवसायीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ