थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु

थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु भएको छ । आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसंगै सेवा सुरु भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँनुभयो । जनताबाट सहयोग संकलन गरेर मुक्लिमा अस्पताल निर्माण गरि सञ्चालन गरेको भन्दै अध्यक्ष राईले जुबुमा पनि अर्को अस्पताल निर्माणको चरणमा रहेको बताउँनुभयो ।

स्वास्थ सङ्गै सबै क्षेत्रको बिकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि आफू दिनरात नभनिकन लागि परेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता महत्त्वपूर्ण रहेको बताउनुभयो । नागरिकको सहभागिता र उत्कृष्ट कामको लागि वडा नम्बर ७ बाट अन्य वडाले समेत सिक्नुपर्ने आधार खडा भन्दै अध्यक्ष राईले यहाँ सञ्चालन भएको खानेपानी योजना, नाम्सेको विद्यालय भवन देखि वर्थिङ भवन लगायतको कार्य प्रशंसा योग्य रहेको उहाँको भनाई छ ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरु भएकोमा बधाई दिदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै उपाअध्यक्ष राईले जुनसुकै क्षेत्रको विकासमा नेतृत्वको भुमिका महत्वपुर्ण बताउँनुभयो । वडामा सहि नेतृत्व र नेतृत्वलाई सहयोग गर्ने नागरिक भएकै कारण एकपछि अर्को विकास निर्माणको काम सम्पन्न भएको उहाँको भनाई छ ।

यस्तै थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणको हिसाबमा वडा नम्बर ७ सबैभन्दा अघि रहेको बताउँनुभयो ।
यस्तै पुर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपार्टी समितिका अध्यक्ष रामसंघर्ष किराँतीले माओवादीले नेतृत्व गरेको वडा तह देखि गाउँपालिका सम्मको विकास निर्माणका कार्यहरु जनपक्षिय र दुरगामी महत्वको भएको बताउँनुभयो ।

कार्यक्रम समापन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिदै वडाको विकासमा एकजुट हुन आग्रह गर्नुभयो । निर्वाचित भएपछि विभेदरहित ढंगबाट कामरहेको भन्दै अध्यक्ष कार्कीले सामुदायिक स्वास्थ्य इकाईमा दुईजना मात्रै कर्मचारी भएपनि चेराखु र बोगल टोलमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर औषधी उपचार गर्ने व्यवस्था मिलाईएको उहाँको भनाई छ ।

गाउँपालिका अन्तरगतको रु.३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताउँनभुयो । २०८० असारमा शिलान्यास गरिएको उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिले ५ महिनामा निर्माण सम्पन्न गरेको हो । साथै निर्माण सम्बन्धि आयव्याय समेत सार्वजनिक गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका