Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आधुनिक जनकपुर निर्माणको माग राख्दै ३ दिनदेखि अनसन – Gaule Khabar

आधुनिक जनकपुर निर्माणको माग राख्दै ३ दिनदेखि अनसन

आधुनिक जनकपुर निर्माणको माग राख्दै ३ दिनदेखि अनसन

जनकपुरधाम,माघ २२ –

आधुनिक जनकपुर निर्माणका लागि विभिन्न सात बुँदे राखेर २ जनाले बिहीबारबाट जनकपुरमा आमरण अनसन थालेका छन्। आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक रामकुमार शर्मा र नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर २ का सह–संयोजक कलाम उद्दिन राईनले जनकपुरको जनक चोकमा ३ दिनदेखि आमरण अनसन थालेका हुन्। शर्माले जनकपुरको आधुनिक विकासका लागि सर्वदलीय, सर्वपक्षीय भेलाको निर्णयअनुसार अनशन थालेको बताएका छन्। जनकपुरवासीले आधुनिक जनकपुर निर्माणको माग सहित शर्माको संयोजकत्वमा १ सय १ सदस्यीय समिति गठन गरेका थिए। यसअघि शर्माको नेतृत्वको टोलीले आधुनिक जनकपुर निर्माणको लागि विभिन्‍न मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित स्थानीय विकास मन्त्रालय, नागरिक उडड्न तथा पर्यटन मन्त्रालय लगायतका विभिन्न मन्त्रालयहरुलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए। सरकारले आफ्ना माग सम्बोधन नगरेका कारण बाध्य भएर आमरण अनसन बस्नुपरेको अध्यक्ष शर्माले जानकारी दिए। उनीहरुले आफ्नो अभियानमा सहयोग पुर्‍याउने उदेश्यका साथ हस्ताक्षर अभियान समेत चलाएका छन्। अहिलेसम्म धनुषा र महोत्तरीबाट १ लाखभन्दा बढी हस्ताक्षर संकलन समेत भैसकेको छ।
यस्ता छन् माग :-
१. जनकपुर विमानस्थललाई स्तरोन्‍नति गरी अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउनु पर्ने
२. सहरीकरणका लागि जनकपुर क्षेत्रमा सडक ६ लेनको बनाउनु पर्ने ३ सरकारबाट पाँच सय शैयाको स्वीकृति पाएको जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने
४. राजर्षि विश्वविद्यालय स्थापना गर्नुपर्ने
५. जनकपुर क्षेत्रमा हजारौं बिगहा जमिन अतिक्रमण र कब्जामा रहेकोले तत्काल सार्वजनिक सम्पत्ति संरक्षणका लागि छानबिन समिति गठन गर्नुपर्ने
६ . जनकपुरको मणिपाल कलेजले २० वर्ष अघि जमिन लिएर बनाएको भवन संरचनालाई जथाभावी रुपमा छाडेको तथा कलेज अन्यत्र बनाएकाले त्यसलाई कारबाही गर्नुपर्ने
७ . जानकी मन्दिरलाई ट्रस्टमा लग्नुपर्ने र विश्व सम्पदा सूचीमा राख्नुपर्ने
८ . जनकपुर क्षेत्रलाई हिन्दूको धार्मिक क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका