Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता सार्वजनिक हुन्छ : शिक्षाध्यक्ष त्रिपाठी – Gaule Khabar

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता सार्वजनिक हुन्छ : शिक्षाध्यक्ष त्रिपाठी

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता सार्वजनिक हुन्छ : शिक्षाध्यक्ष त्रिपाठी

काठमाडौँ, माघ ३ –

 त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएकी छन् ।

सोमबार अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी गराउँदै तीन दिनभित्र निर्वाचन आचारसंहितासहिता निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताएकी हुन ।

उनले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन हुनेमा शङ्का नगर्नसमेत आग्रह गरिन ।
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक माग गर्दै अनेरास्ववियुका अध्यक्ष नविना लामाले त्रिविका शिक्षाध्यक्ष तथा विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचन कमिटीका प्रमुखसमेत रहनुभएका त्रिपाठीलाई ज्ञापनपत्र बुझाएकी थिइन ।

ज्ञापनपत्रमा निर्वाचनको नजिक आइरहेकाले क्याम्पस प्रमुखलाई देशभित्र र बाहिर कुनै पनि कार्यक्रम र गतिविधिमा रोक लगाउनुपर्ने, विद्युतीय मतदान प्रयोग गर्न माग गरिएको छ । त्रिविले फागुन १४ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन तयारी गरेको छ ।

त्रिविले पहिलोपटक मिश्रित निर्वाचन प्रणाली र निर्वाचनका उम्मेदवारलाई २८ वर्षे उमेर हदबन्दी तोकेको छ ।विसं २०६५ यता प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद हुँदा अहिलेसम्म हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका