गजेन्द्र खालिङको हौँचुर सार्वजानिक (भिडियो सहित)

गजेन्द्र खालिङको हौँचुर सार्वजानिक (भिडियो सहित)

काठमाण्डौ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको परिचय बोकेको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा हौँचुरमा रहेका महत्वपुर्ण धार्मिक, साँस्कृतिक, पर्यटकी एवं ऐतिहासिक स्थान देख्न सकिने छ ।

गतिमा गजेन्द्र खालिङको शब्द, पदम थुलुङ राईको संगित र मञ्जु खालिङको स्वार रहेको छ । भिडियोमा स्थानीय कलाकारको अभिनयसँगै हौँचुरका महत्वपुर्ण स्थानहरु देख्न सकिन्छ ।

पर्यटन प्रवर्धन र हौँचरु बासीमा एकताको लागि उक्त गीत तयार गरिएको गीतका लेखक खालिङले बताए । सो गीतको भिडियोले पछिल्लो पुस्तालाई हौँचुर कस्तो थियो भनेर थाहा पाउन सक्ने खालिङको विश्वस छ ।

हौँचुरमा जन्मीएका गीतका रचनाकार एवं भिडियोका निर्माता गजेन्द्र खालिङ रोजगारीको सिलसिलामा बिगत लामो समयदेखि कतारमा छन् । कर्मभूमि कतार बनाएपनि राई बिगतदेखि गाउँको सामाजिक कार्यमा सकृय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका