Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मुस्ताङको जोमसोम हुँदै तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु – Gaule Khabar

मुस्ताङको जोमसोम हुँदै तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

मुस्ताङको जोमसोम हुँदै तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

म्याग्दी,मंसिर २६-

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो ।७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्रे र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

यसअघि सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत रहेको यो सडकको कालोपत्रे र स्तरवृद्धिका लागि छुट्टै आयोजना सञ्चालन भएको थियो । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाको जोमसोममा कार्यालय स्थापना गर्ने तयारी भएको छ । आयोजना प्रमुख सुवेदीले पहिलो चरणमा रु तीन अर्ब लागत अनुमान गरिएको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का प्रक्रियाको काम सकिएको जानकारी दिए। उनका अनुसार जोमसोमदेखि कोरलासम्मको सडकलाई ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने कामका लागि सातवटा खण्डमा विभाजन गरिएको छ ।

सातवटै प्याकेजको काम गर्न छनोट भएका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम सुरु गरेका छन् । स्थलगत सर्वेक्षण, निर्माण सामग्री, जनशक्ति र उपकरणको व्यवस्थापन गरेर हिउँदलगत्तै पूर्वाधार निर्माणको काम सुरु गर्ने जोमसोम–कोरला सडकअन्तर्गत पाँचौँ खण्डको काम गर्ने ठेक्का पाएको अमित बिल्डर्सका सञ्चालक प्रेमप्रसाद तुलाचनले बता। सडक स्तरवृद्धि र कालोपत्रेसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ ।

७.५ मिटर चौडाइमा कालोपत्रे गरिने बेनी–जोमसोम सडक दुई लेनको हुनेछ । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सङ्घीय संरचनाअनुसार प्रदेश नं ४ को भाग्यरेखा मानिएको यो सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका