Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा – Gaule Khabar

न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा

न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा

वेलिङ्गटन, मंसिर २० – न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनु भएको छ । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाउनु भएको थियो ।
अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गर्नुुहुनासाथ सम्पूर्ण मुलुक स्तब्ध भएको थियो ।
आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्नुहुने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्यायो ।
आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पु¥याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ ।
प्रधानमन्त्री जोनको दल – नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ ।
सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख – गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गर्नुभयो । रासस ÷एपी वेलिङ्गटन, मंसिर २० – न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनु भएको छ । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाउनु भएको थियो ।
अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गर्नुुहुनासाथ सम्पूर्ण मुलुक स्तब्ध भएको थियो ।
आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्नुहुने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्यायो ।
आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पु¥याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ ।
प्रधानमन्त्री जोनको दल – नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ ।
सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख – गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गर्नुभयो । रासस ÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका