Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दमौली–खैरेनीटार सडक खण्ड अवरुद्ध – Gaule Khabar

दमौली–खैरेनीटार सडक खण्ड अवरुद्ध

दमौली–खैरेनीटार सडक खण्ड  अवरुद्ध

दमौली, माघ १८ –

पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै आज बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै पीडित पक्षले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ ।

अपराह्न १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटामा अलपत्र परेका छन् । ठक्कर दिने सवारी साधनको पहिचान गर्ने र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका