कर्ण बहादुर रोकाया, हुम्ला
हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेको जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीलेपत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्त७३घढसत गर्दै उक्त प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक यादव घिमिरे जानकारी दिएका छन् ।
लिमी क्षेत्रलाई अध्ययन टोलीले सन् २००८ देखि सन् २०१६ सम्मको अवधिमा पाँच पटक लिमीमा प७३घढसगेर लिमीको विभिन्न स्थानहरुमा स्थलगत अध्ययन गरेरविश्वमा नै लोप हुन लागेको वनयाक फेला पारेको छ । यसका साथै लिमीमा कालीकण्ठे लगायत विभिन्न चराहरु, हिउँ चितुवा, हिमाली ब्वाँसो, चिरु, वनगदा लगायतकदुलर्भ पशुपन्छीहरु पत्ता लगाएको तथ्य अध्ययन टोलीका प्रमुख प्राध्यापक करन बहादुर शाहले बताउनुभयो ।
लिमी क्षेत्रमा यस्तो अध्ययन हुनु एकातिर राज्यको उपस्थिति हुनु हो भने अर्कोतिर जनचेना जगाउनुको साथै स्थानीयबासीहरु सक्रिय भएमा प्रकृति र संस्कृतिको जर्गेनाहुने उहाँको भनाई हरेको छ । लिमी क्षेत्रको उचाई ३६०० मिटरदेखि ५२०० मिटरसम्म रहेको छ । पटक पटक गरी एक सय १० दिन उक्तटोलीले अध्ययन गरेको छ । योटोलीले लिमी गाविसको तील, हल्जी र जाङ्ग गाउँका स्थानीयवासीहरुसँग व्यापक अन्तरक्रिया गरेको छ भने उनीहरुको वर्षा समयको पशुवस्तु राख्ने स्थानहरुच्याक्पालुङ्ग, ग्याउखोला, छो ल्याम्ज्योक, साक्यखोलामा अध्ययन गरेको छ ।
यसका साथै लिमीमा अहिलेसम्म विश्वमा दुलर्भ र लोपोन्मुख चरा कालीकण्ठे सारस, चितुरमा भारद्वाज चरा पनि फेला परेको चराविद् सोम जिसीले जानकारीदिन७३घढसभएको छ । स्थलगत अध्ययनमा हुम्ला जिल्लाको माथिल्लो क्षेत्रमा मात्रै एक ५५ प्रजाति चराहरु पाइएका छन् भने लिमी क्षेत्रमा मात्र ७ का चराहरुकोप्रजाति पाइएको तथ्य प्रकाशमा आएको छ ।
यसै गरी उक्त क्षेत्रमा ५० प्रजातिका वनस्पतीहरु रहेका छन् भने त्यसमध्ये १५ प्रजातिका जडिबुटीहरु अति बह७३घढसम७त्रगयतसल्य रहेको वनस्पतिविद् हेमराज पौडेलेबताउनुभयो । सो अध्ययन टोलीले सन् २०१४ मा करीब ६ सयको संख्यामा जंगली गधाहरु फेला पारेको थियो । यसै गरी दुलर्भ घोवा, अर्गाली भन्ने जनावर पश्चिमनेपालमा पहिलो पटक अभिलेखीकरण गरिएको पनि जानकारी प्राप्त भएको छ ।
यो अध्ययनका क्रममा लिमी क्षेत्रमा हिमाली रातो भाल७३घढस, कस्तुरी मृग, हिमाली कालो भाल७३घढस, नाउर, नायन, लिङ्कस, चितुवा, रातो फ्याउरो, तिब्बतीफ्याउरो, फ्याउमुसो, जंगली कुकुर, पहाडी मलसाप्रो जस्ता जीवहरु भेटिएका छन् भने ६ वटा स्थायी प्रजातिका चराहरु जस्तै मणितुण्डक, कालीकण्ठे सारस, मंगोलराजपुत्रीका, कालीकण्ठे चाँचर, वायु फ्यालफ्याले, खैरो टाउके गंगाचिल जस्ता अति दुलर्भ र लोपोन्मुख चराहरु पनि भेटिएका छन् ।
यस्तै गरी मौसमी बसाइँसराईमा आउने चराहरु पनि यहाँ भेटिएका छन् । जसमा ध्वाँसेचीबे, मझौला सेतो बक७३घढसल्ला, कुक्कुकोइली, मलाहा हुचील, वायुफ्यालफ्याले, मंगोल राजपुत्रिका, तीलहरी चार जस्ता चराहरु पनि पाइएका छन् ।
यसरी जसरी हुम्लाको लिमी क्षेत्र प्राकृतिक रुपमा जति सम्पन्न रहेको छ । त्यति नै चुनौती र समस्या पनि रहेको अध्ययन टोलीले
बताएको छ । यो क्षेत्र जैविकविविधताको धनी भए पनि विभिन्न आन्तरिक र बाह्य खतराहरुलाई समयमै समाधान गन७३घढर्सपर्ने स७३घढसझाव दिएको छ ।
यो अध्ययन प्रकृतिको साथीहरु नामक संस्थाले गरेको छ भने यसका लागि आर्थिक सहयोग मोहमद वन जायेद प्रजाती संरक्षण कोष, बेलायत ब्वाँसो संरक्षण कोष युके,जिरादनी वारहान स्विजरल्याण्ड र वन तथा भ७त्रगयतससंरक्षण मन्त्रालय नेपालको रहेको छ ।
यो अध्ययन टोलीमा राज७३घढस आचार्य, यादव घिमिरे, विधान अधिकारी, नरेश कुसी, पासाङ्ग दोर्जे लामा, जिरालदिनी वारहान, विनोद कुबँर, प्राध्यापक करन बहादुरशाह लगायतका व्यक्तिहरु रहेका छन् ।
स्थलगत अध्ययनपछि सरोकारवालाहरुसँग गरिएको छलफल गोष्ठीमा स्थानीयहरुले लिमीको जैविक विविधता संरक्षणका लागि संरक्षेत्र बनाइनुका साथै स्थानीयजीविकोपार्जनलाई पनि ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।