हुम्लाकी ‘बुहारी’ डाक्टर : डा. स्मृति महत, जिल्ला अस्पताल हुम्ला

हुम्लाकी ‘बुहारी’ डाक्टर :  डा. स्मृति महत, जिल्ला अस्पताल हुम्ला

हुम्ला जस्तो अति दुर्गमबासीले गुणस्तरीय उपचार सेवा पाउनु परेको कुरा, डाक्टर अनुहार देख्न पाउनु नै अहोभाग्य ठान्छन् । अहिले सिंगो हुम्लाबासीका लागि एकजना महिला डाक्टर भरोसाकी केन्द्र छिन्, डा स्मृति महत । त्यसैले हुम्लाबासीले उनलाई डाक्टर मात्रै आफन्त ठान्छन् । कतिले बुहारी नै भन्छन् । हुर्किन् काठमाडौं, पुगिन् हुम्ला ।

राजधानी काठमाडौंमा हुर्केकी डा. स्मृती महतले कर्णाली अञ्चलका विषयमा धेरै सुनेकी र केही पढेकी थिइन् । सुनेको र पढेको आधारमा कर्णाली भन्ने वित्तिकै रोग र भोक भएको अति दुर्गम स्थान भन्ने तस्बिर बनेको थियो दिमागमा । सहरीया जीवनशैली र रहनसहनमै अभ्यस्त भैसकेकी डा. महत यतिबेला अति दुर्गम जिल्ला हुम्लाको जिल्ला अस्पतालमा छिन् ।

राजधानीबाट बाहिर पश्चिममा बर्दिया र पूर्वमा धरानसम्म मात्र पुगेकी डा. महतले दुर्गमलाई नजिकबाट नियल्ने मौका समेत पाएकी थिइनन् । शिक्षित र सुविधासम्पन्न सहरी क्षेत्रमा त महिलाहरुलाई विभेद हुने हाम्रो समाजमा देशकै दुर्गम जिल्लामा पुगेकी डा. महतलाई अशिक्षित मानिसहरुको बाहुल्य रहेको क्षेत्रमा असहज लाग्नु स्वभाविक हो । तर, उनी त्यहाँ निरन्तर बिरामीको सेवामा लागेकी छिन् ।

लोक सेवा आयोगमा स्थायी दरबन्दीमा गत मंसिर ६ गते नाम निकाल्न सफल भएपछि उनको पहिलो पोष्टिङ नै हुम्ला जिल्ला अस्पतालमा भएको हो । उनी हुम्लामा पुग्दा हुम्लालाई सडक सञ्जालले समेत छुन सकेको थिएन । भौगोलिक हिसाबले कठिन संरचना रहेको दुर्गममा क्षेत्रमा उनी त्यसयता निरन्तर बिरामीको उपचारमा तल्लिन छिन् ।

उनको अनुभवका आधारमा हुम्लामा पेशागत रोग तथा समस्याका बिरामी धेरै छन् । धेरैजसोमा हाडजोर्नी तथा जोर्नी दुख्ने समस्या छ । खेतबारीमा काम गर्नेहरुमा बढी यो समस्या छ । त्यसपछि हुम्लामा श्वासप्रश्वास र फोक्सोको समस्या भएका बिरामी छन् । सिओपिडीको समस्या छ । धुवाँयुक्त घरमा बस्ने, चुरोट तथा सुल्फि (धुम्रपान) सेवन गर्ने भएकाले फोक्सो र दमको समस्या देखिने बढी छन् । बच्चाहरुमा निमोनियाको समस्या छ ।

सरसफाईको कमीका कारण हुने रोग पनि हुम्लामा धेरै छ । लुतो, झाडापखालाका बिरामी पनि देखिन्छन् । त्यस्तै छाला फुस्रो हुने बिरामीको संख्या पनि धेरै छ । उनका अनुसार हुम्लामा सागपात कम तर मासु धेरै खाने भएकाले पायल्सका समस्या लिएर आउने बिरामी धेरै हुन्छन् । खोलाको पानी सोझै खाने र सफसफाईमा ध्यान नदिँदा हुने पखलाजन्य समस्या समयसमयमा देखिरहन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ