बैदेशीक रोजगारीको पिडाः‘सुन साईली ४० कटेसी रमाउँला’

बैदेशीक रोजगारीको पिडाः‘सुन साईली ४० कटेसी रमाउँला’

चितवन,फागुन ६-

कोठा भित्र एक जोडि छन । उनिहरुलाइ हेर्दा लाग्छ नवदम्पती हुन । नव दम्पतीको खुसीमाथी कालो बादल लागेको सहजै अनुमान लगाउन सकिन्छ । ‘निदाँउन भोली विहान चाडै उठ्नु छ’ युवतीको यो भनाईले प्रष्ट पार्छ की उनिहरुलाइ बिछोडको घडिले अलारम दिदै छ ।

अर्को दिन बिहान निधारमा रातो टिका र गलामा माला लगाएर युवक बिदा हुन्छ । गहभरी आँशुलिएर युवतीले विदाइको हात हल्लाउँ छिन । ‘अल्ली पर पुगे पछि युवकले भन्छ- सुन साईली प्रदेशबाट म आँउला सुन साईली ४० कटेसी रमाउँला ।’

यो प्रसङ हो गायक हेमन्त रानाको पछिल्लो गीत ‘साईली’ को म्युजिक भिडियोको । उक्त भिडियोमा बैदेशीक रोजगारीको कारण नेपाली युवायुवतीले भोग्नु परेको पिडालाई चित्रण गरिएको छ ।परिवारसंगै बसेर रमाउनु पर्ने बेला खुशीका पलहरुलाई बन्धकी राखेर प्रदेश पस्ने युवाहरुको उमेरले ४० काटे पछि रमाउने सपनालाइ गीतमा समेटिएको छ । जुन गीत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेपाली मौलिक शब्दहरुलाई टपक्क टिपेर लयमा ढाल्न सिपालु गीतकार कालीप्रसाद बास्कोटाले यो गीतलाइ रचना गरेका छन् । उनलाइ सात दिएका छन् हिमाल साउदले । बास्कोटाको शब्द संगीतमा हेमन्त रानाको स्वर सुनमा सुगन्ध जस्तै भएको छ ।भिडियोमा गौरव र मेनुका अभिनयले कुनै दम्पतीको वास्तविक कहानी हेरे जस्तो अनुभुति दिलाउँ छ ।

साईली जन्मीनुको कारण यस्तो छ

नेपाली समाजमा वावुआमाको तेस्रो सन्तानलाइ साइला साईली भन्ने प्रचलन छ । गीतमा साईलीलाइ प्रतिनिधी पात्रको रुपमा लिएर सवैको भावनालाइ समेट्ने कोशिस गरेको पाइन्छ ।स्वर,संगीत र शब्दमा अब्वल ठहरिएका स्रष्टा कालीप्रसाद बास्कोटाले यो गीतमा पनि मौलिकतालाई प्राथमिता दिएका छन ।

उनका गीतहरुमा नेपाली ठेँट शब्दहरु समावेश भएको पाइन्छ । बास्कोटाले यो गीतमा पनि गाँउघरमा चलनचल्तीको रुपमा रहेको शब्द साईली लाई केन्द्र बनाएका छन् । मुलुकका धेरै साइँलाहरु धन कमाउन प्रदेशिए पछि कस्तो अवस्था सिर्जना हुन्छ उनले गीतमा समेट्ने प्रयास गरेका छन् । उनि भन्छन –‘घरपरिवारलाइ समय दिन नसक्दा न यहाँ खुशी छ न त्यहाँ । यहि कथा नै गीतले बोल्छ ।

बास्कोटा विभिन्न कार्यक्रमको लागि नेपालको दुरदराजदेखि संसारका बिभिन्न ठाँउमा गएका छन् । कार्यक्रममा जादाँ उनले बैदेशीक रोजगारीको कारण उमेर छदै परिवारसंगै बसेर दुखसुखमा रमाउनु पर्ने अवस्थाबाट धेरै युवाहरु बञ्चित भएको देखे ।बास्कोटा भन्छन् –‘उमेर छदाँ अर्काको देशमा गएर पैसा कमाउने र पछि नेपाल फर्केर बल्ल रमाइलो गर्ने साेच देखे पछि यो गीत सिर्जना गरेको हुँ । ’

‘उर्जाले भरिएको उमेर प्रदेशमै विताउँदा ४० काटेपछि स्वदेश फर्केर के नै होला र ?’ बास्कोटाको प्रश्न छ । उनि अझै गम्भिर मुद्रामा भन्छन नेपालले लगानी गरेर पढाउँछ तर युवाहरु श्रम गर्न प्रदेश जान्छन । काम गर्ने जोशजागँरले भरिएको उमेर प्रदेशमा विताए पछि ४० कटे पछि के नै गर्न सकिएला र । यस्तै कथाब्यथाहरुले घच्घचाएपछि यो गीत जन्मीएको हो ।’

गीतले प्रदेश नजाउ भनेको छैन, फर्केर आउ पनि भनेको छैन । भनेको छ त न यहाँ खुशी छ न त्यहाँ । अहिलेको पस्थितीलाई चित्रण गरेको छ । यसैले हुन सक्छ गीत एकाएक चर्चाको शिखरमा पुग्यो ।

हेमन्तको पिडा र खुशी

कालिप्रसाद बास्कोटाले साईली कम्पोज गर्दा गायक हेमन्त राना संगै थिए । गीत सुनिसकेपछि हेमन्तले भने गीत त सारै राम्रो छ । तत्तकाल बास्कोटाले भने उसो भए यो गीत तिम्ले नै गाउ । यसरी यो गीत हेमन्त रानाको पोल्टामा आयो ।

साईली चर्चामा शिखरमा पुगपछि गायक हेमन्त राना विशेष खुशी मिलेको बताउँ छन् ।अहिले उनि उत्तरदायित्व थपिएको महशु गदै छन् । ‘प्रोजेक्ट पास भएपछि उत्तरदायित्व थपिएको छ’ उनले भने –‘यो गीतको माध्यमबाट देशको बर्तमान मानचित्रलाई देखाउने काम गरेका छौं ।’
हेमन्तका अनुसार चर्चामा आउनको लागि उक्त गीत गाइएको होइन । उनि भन्छन् –‘सवै मान्छेले बुझ्ने तरिकाले एकदम साधारण गीत बनाएका हौं तर एकाएक चर्चामा आयो ।’

यहि चर्चाले हेमन्त खुशी छन । तर उनले विगतमा भोग्नु परेको आफ्नो पिडालाइ भने विर्सन सकेका छैनन् । सन २०१० मा ‘लैजारे’ बोलको गीत लिएर उनि विभिन्न कम्पनिमा धाए । कुनै पनि कम्पनीले उक्त गीत नलिए पछि उनी तनावमा पनि परे । तर उनका साथीहरुले आफ्नो कम्पनीबाट गीत निकाल्न तयार भए पछि हेमन्त तनाव मुक्त मात्र भएनन् लैजारे बोलको गीत यसरी चर्चित भयो की पहिला रिजेक्ट गरेकाहरु पनि हमेन्तको खोजीमा लाग्न थाले ।

आफुले भोगेको पिडा क्षमता भएका कलाकारहरुले भोग्न नपरोस भनेर हेमन्तले अभिनेता गौरव पहारीसंग मिलेर जिएच इन्टरटेनमेन्ट कम्पनी खोलेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत गीत र आफ्नो कम्पनी सार्वजनिक गर्ने कार्यक्रम रहेको हेमन्तले बताए । आफुहरुस‌ग ५ जना अरु साथीहरु रहेको पनि उनले सुनाए ।

साईली बोलको गीत अहिले संसार भर छरिएर रहेका मानिसहरुले मन पराएका छन् । गीतले प्रदेश पस्ने युवा र तिनको परिवारको अवस्था त चित्रण गरेको छ नै उर्जाले भरिएको उमेरमा अल्लारिएर हिड्ने युवालाइ पनि सचेत गराएको छ । नेपालमा आधुनिकताको नाममा मौलिकता हराएका गीतहरु हावि भयो भनिरहँदा साईली गीत जसरि चर्चामा आयो यसले के प्रष्ट गर्छ भने मानिसहरु ठेँट नेपाली शब्दहरुले भरिएका गीतहरु पनि सुन्न आतुर देखिन्छन् ।

यसकारण बास्कोटा र रानाले जस्तै आधुकिता र मौलिकतालाई फ्युजन गर्न सके नेपाली गीतसंगीत गाँउघरदेखि प्रदेशमा गुञ्जिन सक्छन् । अनि गीतकै कारण ‘साइला–साईली ’हरुले सकारात्मक बाटोमा लाग्न प्रेरणा प्राप्त गर्न सक्छन् ।
भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका