Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
द्धन्द्धकालमा कव्जा गरेको जग्गाको लालपूर्जा प्रधानमन्त्रीले वितरण गरेको भन्दै चितवनका राजनैतिक दलको विरोध – Gaule Khabar

द्धन्द्धकालमा कव्जा गरेको जग्गाको लालपूर्जा प्रधानमन्त्रीले वितरण गरेको भन्दै चितवनका राजनैतिक दलको विरोध

द्धन्द्धकालमा कव्जा गरेको जग्गाको लालपूर्जा प्रधानमन्त्रीले वितरण गरेको भन्दै चितवनका राजनैतिक दलको विरोध

चितवन,माघ २६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको मंगलपुरमा १ सय ५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेको भन्दै चितवनका राजनैतिक दलले विरोध गरेका छन् । उनिहरुले देशको प्रधानमन्त्रीले द्धन्द्धकालमा कव्जा गरेको जग्गा केही सिमित सुकुम्वासीलाई दिएको भन्दै विरोध गरे ।

उद्योग संघ चितवनले आज आयोजना गरेको कार्यक्रममा वोल्दै चितवन क्षेत्र नः ४ का सांसद रामकृष्ण घिमिरेले आफ्नो क्षेत्रमा आफुलाई थाहा नदिइ लालपुर्जा वितरण गरेको नै आपत्ति जनाए ।उनले भने –पार्टीको अध्यक्षका नाताले वितरण गरेको भए ठिकै छ तर देशको प्रधानमन्त्रीको रुपमा निश्चित क्षेत्रमा मात्र लालपुर्जा वितरण गर्नु राम्रो भएन ।उनले देशभर सुकुम्वासी समस्या रहेको भन्दै सवैलाई एकैचोटी सम्वोधन गरिनुपर्ने वताए ।

यस्तै कांग्रेस जिल्ला सभापती जितनारायण श्रेष्ठ र राप्रपा जिल्ला अध्यक्ष वद्री तिमिल्सीनाले पनि एउटा निश्चित ठाउंमा मात्र लालपुर्जा वितरण गरिएको भन्दै विरोध व्यक्त गरे । अन्य राजनैतिक दललाई खवर नगरी कार्यक्रम गरिएको भन्दै उनिहरुले असन्तुष्टी व्यक्त गरे ।
यस्तै सोहि कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य सुर्य पथिखले पार्टीको कार्यक्रम भन्दै प्रधानमन्त्रीको वचाउन गरे । उनले माओवादी सच्चिएको भन्दै अव द्धन्द्धकालका जस्ता काम नगर्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका