Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु, मतदाता नामावली प्रकाशन गरिँदै – Gaule Khabar

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु, मतदाता नामावली प्रकाशन गरिँदै

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु, मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं फागुन, १ –

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आइतबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदैछ ।

विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि त्रिविले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ ।

स्ववियु निर्वाचन तालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने र ५ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने छन् ।काठमाडौंको त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस लगायतमा फर्जी विद्यार्थी भर्नासम्बन्धी विवाद बढेको थियो । यद्यपि, अझै केही क्याम्पसहरुमा भने विद्यार्थी भर्नासम्बन्धी विवाद सुल्झिसकेको छैन ।

त्रिविले विद्यार्थी भर्नासम्बन्धी विवाद बढेपछि छानविनका लागि तीन सदस्यीय छानविन समितिसमेत बनाएको छ ।

क्रियाशील १० विद्यार्थी संगठनबीच तोकिएकै समयमा निर्वाचन गर्ने र निर्वाचनमा सहभागिता जनाउने शनिबार सहमति भएको छ । यसअघि स्ववियु निर्वाचन पूर्णसमानुपातिक र समावेशी हुनुपर्ने भन्दै केही विद्यार्थी संगठनले आन्दोलन गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका