मैदेलमा एकैदिन मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन

मैदेलमा एकैदिन मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन

सोलुखुम्बु  । थुलुङ दुधकोशी गाउँपालिका-६, मैदेलमा पाँच कन्या कालिका देविको मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले शनिबार एकै दिन करिब रु.७० लाखको लागतमा निर्माण हुने देविथान मन्दिरको शिलान्यास र नवनिर्मित तमु उगेन छ्योलिङ गुम्बा भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाको रु. २८ लाख बजेटमा गुम्बाको भवन निर्माण सम्पन्न भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नवनिर्मित भवनमा गुरुङ समुदायको जन्म देखि मृत्यु सम्मका संस्कार संस्कृति अवलोकन गर्न मिल्ने गरि संग्रहालय थप गरिने बताउनुभयो । गाउँपालिकाको महत्त्वपूर्ण क्षेत्रको विकासमा गुरुङ समुदायको सहयोग अतुलनीय रहेको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाको प्रशासनीक भवन, प्रहरी चौकी भवन, खेलग्राम लगायतको संरचना निर्माणका लागि आवश्यक जग्गा निशुल्क उपलब्ध गराउने देखि दुधकोशी सामुदायिक अस्पताल निर्माणमा आर्थिक सहयोगमा समेत गुरुङ समुदायको उल्लेखनीय भुमिका गरेको भन्दै अध्यक्ष राईले प्रशम्सा गर्नुभयो । गाउँको बिकासको निम्ति मुक्लि मैदेलका नागरिक सचेत रहेको भन्दै अध्यक्ष राईले यस क्षेत्रका नागरिकबाट अन्य क्षेत्रकाले समेत सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले सचेत नागरिक भएको क्षेत्रमा बिकास र परिवर्तन पनि बढी हुनेगरेको भन्दै नेतृत्वको कार्ययोजना र स्थानीय नागरिकको सहयोग तथा सहभागितामा मात्रै बिकासमा गुणस्तरीयता हुने बताउनुभयो ।

यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राईले पालिका नेतृत्व सक्षम भएकाले समानुपातिक बिकासको अनुभुती गर्नपाएको बताउनुभयो । गुम्बा तथा मन्दिर निर्माणमा आवश्यकता अनुसार वडाको तर्फबाट सहयोग रहने उहाले प्रतिवद्वता व्यक्त गर्नुभयो ।

मैदेल गुरुङ (तमु) सेवा समाजका अध्यक्ष शिबराम गुरुङको अध्यक्षता तथा गाउँपालिका प्रमुख असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक वुद्विराज राई, समाजसेवी माओएलुङ राई लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका