Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शुरु भयो ‘सौराहा फूड फेष्टिवल’, प्रणय दिवसमा छुटैछुट – Gaule Khabar

शुरु भयो ‘सौराहा फूड फेष्टिवल’, प्रणय दिवसमा छुटैछुट

शुरु भयो ‘सौराहा फूड फेष्टिवल’, प्रणय दिवसमा छुटैछुट

चितवन,माघ २९-

नेपालकै तेस्रो पर्यटकिय गन्तव्य चितवनको सौराहामा आजदेखि ११औं सौराहा फुड फेष्टिवल शुरु भएको छ । फेष्टिवलको पर्यटन राज्य मन्त्री इन्द्र वानियाले उद्घाटन गर्नुभयो ।क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर आयोजना गरेको खाना महोत्सव फागुन ४ गतेसम्म चल्ने महोत्सवका संयोजक नरेश गिरीले जानकारी दिनुभयो ।प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारा सहित आयोजना भएको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खाना सहित स्थानिय थारु समुदायको परिकारहरु राखिएको गिरीले जानकारी दिनुभयो ।

आज महोत्सव शुरु हुनु अघि सौराहाको राप्ती किनारबाट हात्ती र बाजा सहितको शोभायात्रा निकालिएको थियो । यो समयमा पर्यटकहरुको मौसम नभएकाले आएका पर्यटकको बसाई लम्व्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्य सहित महोत्सव आयोजना गरिएको आयोजक क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिनुभयो ।

उद्घाटनको अवसरमा वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापालाई सम्मान तथा रेवानका सदस्य स्वर्गिय जीतनारायण चौधरी जीवालाई मरणोपरान्त सम्मान प्रदान गरियो । चितवनमा रहँदा जिल्लाको शान्ति सुरक्षा सवल वनाउन योगदान पुर्याएको भन्दै थापालाई सम्मान गरिएको थियो भने पप स्थापनाका अगुवा चौधरीलाई मरणोपरान्तबाट सम्मान गरियो ।

महोत्सव अबधीभरमा रेष्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीहरुद्धारा ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।महोत्सवमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पंगेनी, प्रजापती पराजुली लगायतले प्रस्तुति दिने साँस्कृतिक संयोजक नविन नेपाले बताउनुभयो । महोत्सवमा रत्यौली गीत र भजनचुड्का प्रतियोगिता समेत हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका