Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आन्दोलनकारीलाई नचाउन गायक बद्री पंगेनी बुटवल पुगे – Gaule Khabar

आन्दोलनकारीलाई नचाउन गायक बद्री पंगेनी बुटवल पुगे

आन्दोलनकारीलाई नचाउन गायक बद्री पंगेनी बुटवल पुगे

बुटवल,मंसिर २०-  

 

संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गर्न लागिएको भन्दै चर्चित लोक गायक बद्री पंगेनी पनि आन्दोलनमा सहभागी हुन बुटवल आइएका छन् ।

पाल्पामा जन्मिएका लोकदोहोरी गायक पंगेनी लुम्बिनीका तराई र पहाडको सम्बन्ध नुन र घिउले बनाएको भन्दै प्रदेश बिभाजन विरुद्ध आन्दोलनलाई सघाउन बुटवल पुगेका आइपुगेका हुन् ।

आन्दोलनको स्वरुपलाई शान्तिपूर्ण र रचनात्मक बनाउन खोजेका आयोजकले सोमबार बुटवलमा संगीतमय प्रदर्शन गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीको गीतमा आन्दोलनकारी र स्थानीय नाचेका थिए ।

उनले आफू राष्ट्रिय कलाकार भए पनि सरकारले लुम्बिनी अञ्चलका जनताको भावना विपरीत प्रदेशलाई टुक्राएकाले बाध्य भएर आन्दोलनमा सघाउनु परेको बताए ।

उनले भने, ‘संघीयता जनतालाई सहजताका लागि हो । रोल्पाका जनतालाई पोखरा जाने गरी कस्तो संघीयता बनाउन खोज्दैछ सरकारले ?’

उनले ‘बटौली जाउँला नाचौंला’ भन्ने बोलको गीतबाट बुटवलवासीलाई नचाए ।

कार्यक्रममा अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि प्रदेश विखण्डबिरुद्ध आफ्नो प्रस्तुति दिएका छन् । आन्दोलनमा उत्रिएका महिलाहरुले सडकमै बसेर गीत मार्फत बिरोध गरिरहेका छन् ।

‘पहाड तराई छुट्याउन पाइँदैन, यस्तो सरकार हामीलाई चाहिँदैन…बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ बोलको गित गाउँदै महिलाहरुले बिरोध प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका