Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बलिउडका सुपरस्टारहरू जसको नामबाटै चलचित्र बिक्छन्, यस्ता छन् व्यस्त स्टारका आगामी चलचित्र – Gaule Khabar

बलिउडका सुपरस्टारहरू जसको नामबाटै चलचित्र बिक्छन्, यस्ता छन् व्यस्त स्टारका आगामी चलचित्र

बलिउडका सुपरस्टारहरू जसको नामबाटै चलचित्र बिक्छन्, यस्ता छन् व्यस्त स्टारका आगामी चलचित्र

भारत,माघ २० –

बलिउड सिने जगतमा नयाँ प्रविधियुक्त र स्टारडम हाबी भएका चलचित्रहरूले राम्रो व्यापार गरिरहेका छन् । सुपरस्टारको नामबाट मात्रै चलचित्रले लगानी उठाउने अवस्था बलिउडमा देखिन्छ ।

कतिपय चलचित्र रिलिज अघि नै आफ्नो लगानी उठाउने गरेका पनि छन् ।
बलिउडमा मात्रै नभएर दक्षिण भारतीय चलचित्रमा पनि स्टारडम हाबी छ । सुपरस्टार रजनीकान्तका चलचित्रलाई यसको उदाहरण मान्न सकिन्छ । उनका चलचित्रले रिलिज अघि नै करोडौँ कमाएका छन् ।

चलचित्र ‘बाहुबली २’ ले रिलिज अघि नै ३ सय ५० करोड कमाएको देखिन्छ ।
भारतीय क्रिकेट टिमका कप्तान धोनीको कथामा आधारित चलचित्रले पनि रिलिज अघि नै एकसय करोड कमाएको तथ्यांक छ । अयन मुखर्जीको चलचित्र ‘ये जवानी हे दिवानी’, रजनीकान्तको ‘कबाली’, शाहरुख खानको ‘दिलवाले’, ‘हेप्पी न्युइयर’ लगायतका चलचित्र यो सूचीमा छन् । बलिउडमा यस्ता धेरै चलचित्र छन् । जसले प्रचारकै क्रममा करोडौँ कमाएका छन् ।
बलिउडका स्टार जसको नामबाट चलचित्र बिक्री हुन्छ । यी सुपरस्टारको सूचीमा हिन्दीवेबदुनियाँले ६ जनाको नाम अग्रपंक्तिमा सूचीबद्ध गरेको छ । अबका क्रममा कस्ता चलचित्रमा काम गर्दैछन् यी सुपरस्टार ?

करण जौहरले हालै एकसय चलचित्र बनाउन सक्ने बताएका छन् । तर, बलिउडमा मात्रै यस्ता ६ स्टार छन्, जसको नामबाट नै चलचित्र बिक्छन् । यस्ता स्टारमा सलमान खान, आमिर खान, शाहरुख खान, रितिक रोशन, अक्षय कुमार र अजय देवगन छन् ।

आखिर यिनीहरूलाई लिएर कति चलचित्र निर्माण गर्न सकिएला । यी स्टारहरू पनि अत्यन्तै कम चलचित्रमा काम गरिरहेका छन् । यस्तो अवस्थामा आउने समयमा यी स्टारका धेरै चलचित्र देखिनेछन् यसका लागि बलिउडमा अझै स्टारहरूको आवश्यक्ता पर्दछ । आउनुहोस् हेरौँ यी चर्चित स्टारका हातमा कति चलचित्र छन् ।

शाहरुख खान

आगामी चलचित्रः १ (इम्तियाज अलीको ‘द रिङ’)
साइन गरेको चलचित्रः आनन्द एल रायको चलचित्र
कुराकानी भइरहेकोः आदित्य चोपडा र करण जौहरसँग

इम्तियाज अलीको चलचित्र ‘द रिङ’ को सुटिङ शाहरुखले लगभग पूरा गरिसकेका छन् । यसपछि उनी आनन्द एल रायको चलचित्र सुटिङ गर्ने छन् ।

आदित्य चोपडासँग कुराकानी भइरहेको छ । र, यशराज फिल्मस्का लागि उनी एउटा चलचित्र गर्दैछन् । यो ‘धुम ४’ पनि हुनसक्छ वा अरु कुनै । शाहरुखले उनीसँग ब्लकबस्टर हुनसक्ने फिल्म गर्न चाहाँदैछन् ।

जसले तीनसय करोडको क्लबमा इन्ट्री गर्न सकोस् । करण जौहरसँग पनि शाहरुखका लागि एउटा कथा तयार छ । र, शाहरुख उनीसँग पनि चलचित्र गर्न चाहाँदैछन् ।

सलमान खान
आगामी चलचित्रः १ (ट्युबलाइट)
साइन गरेको चलचित्रः १ यशराज फिल्मस्को ‘टाइगर जिन्दा हैं’
कुराकानी भइरहेकोः ‘किक २’, ‘नो एन्ट्री मे इन्ट्री’, ‘दबंग ३’, सुरज बडजात्या र अतुल अग्निहोत्रीसँग

लगातार ब्लकबस्टर फिल्म दिएपछि सलमानसँग हरेक निर्माता चलचित्र गर्न चाहान्छन् । हाल उनी कबिर खानको चलचित्र ‘ट्युबलाइट’ को सुटिङ गरिरहेका छन् । मार्च २०१७ मा उनी ‘टाइगर जिन्दा हैं’ को सुटिङ सुरु गर्ने छन् ।

यसबाहेक उनीसँग ‘किक २’, ‘नो इन्ट्री में इन्ट्री’, सुरज बडजात्याको चलचित्र जस्ता केही चलचित्रको अफर छ । तर, सलमान आजभोलि चलचित्रमा चाँडै काम गर्ने मुडमा छैनन् । उनी अतुल अग्निहोत्रीको चलचित्र सुरु गर्न सक्नेछन् ।

जुन दक्षिण भारतीय चलचित्रको हिन्दी रिमेक हुनेछ । यसबाहेक ‘दबंग ३’ गर्नका लागि पनि उत्सुक छन् ।

आमिर खान

आगामी चलचित्रः ०
साइन गरेको चलचित्रः १ ‘ठग्स अफ हिन्दुस्तान’
कुराकानी भइरहेकोः ०

आमिर खान अत्यन्तै सोचविचारका साथ काम गर्छन् । आमिरलाई लिएर चलचित्र निर्माण गर्नु जोकोहीका लागि सजिलो विषय होइन । हालै उनले ‘ठग्स अफ हिन्दुस्तान’ नामक चलचित्र साइन गरेका छन् ।

यसपछि आमिरले कुन चलचित्रमा काम गर्ने छन्, उनी आफैँलाई थाहा छैन । उनका हातमा परेका सैकडौँ स्क्रिप्टमा धुलो लागिरहेको छ । सम्भवतः उनको आगामि चलचित्र सन् २०१८ मा हुन सक्छ ।

ऋतिक रोशन
आगामी चलचित्रः ०
साइन गरेको चलचित्रः ०
कुराकानी भइरहेकोः फाइटर, फरहान अख्तरसँग, कबिर खानसँग र राकेश रोशनसँग

ऋतिक रोशनले पनि अब बढीभन्दा बढी चलचित्रमा काम गर्ने निर्णय लिएका छन् । सिद्धार्थ आनन्दको ‘फाइटर’ को अफर उनीसँग छ । जसका बारे निर्णय लिन बाँकी छ । बुबा राकेश रोशन पनि ऋतिकलाई लिएर एउटा अर्को चलचित्र सुरु गर्ने सोचमा छन् । यसबाहेक ऋतिकसँग फरहान खानले पनि काम गर्न सक्नेछन् । कबिर खानसँग पनि कुराकानी भइरहेको छ । कबिरले उनलाई लिएर आगामि वर्षको सुरुआतमा चलचित्र सुरु गर्न सक्नेछन् ।

अक्षय कुमार
आगामी चलचित्रः ३ रोबोट २.०, जोली एलएलबी २, नाम शबाना
साइन गरेको चलचित्रः ४ टोयलेट एक प्रेम कथा, क्रेक, गोल्ड, प्याडम्यान ०
कुराकानी भइरहेकोः ‘हेराफेरी ४’, ‘नमस्ते इंल्यान्ड’, ‘राउडी राठौर २’, ‘आवारा पागल दिवाना २’

अक्षय कुमार सबैभन्दा तीव्र गतिमा छन् । उनको वर्षमा तीनदेखि चारवटा चलचित्र आउने गरेको छ । ‘जोली एलएलबी २’ उनको आगामी रिलिज हुने चलचित्र हो । यसपछि रोबोट २.० रिलिज हुनेछ ।
‘नाम शबाना’ उनको क्यामियो चलचित्र (सानो भूमिका भएको चलचित्र) हो । ‘टोयलेट एक प्रेम कथा, ‘क्रेक’, ‘गोल्ड’, र ‘प्याडम्यान’ लगायतका चलचित्रमा उनले काम गर्ने घोषणा भएको छ ।
‘हेराफेरी ४’, ‘राउडी राठौर २’, ‘आवारा पागल दिवान २’, जस्ता चलचित्रको अफर उनीसँग छ । तर, यस बारेमा उनले केही निर्णय भने लिएका छैनन् ।

अजय देवगन
आगामी चलचित्रः १ (बादशाहो)
साइन गरेको चलचित्रः ३ ‘सन अफ सरदारः ब्याटल अफ सारागढी’, ‘गोलमाल अगेन’, रेमो डिसुजाको चलचित्र
कुराकानी भइरहेकोः २ फतेह सिंह र सिंघम ३’

‘शिवाय’ का कारण अजय देवगनले लामो समयसम्म कुनै चलचित्र साइन गरेनन् । अहिले उनी ‘वादशाहो’ को सुटिङ गरिरहेका छन् । यस पछि रेमो र ‘गोलमाल अगेन’ को सुटिङ सुरु गर्ने छन् । ‘सन अफ सरदारः ब्याटल अफ सारागढी’ उनको ड्रिम प्रोजेक्ट हो । ‘सिंघम ३’ सन् २०१८ मा सुरु हुन सक्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका