Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अनुदान रकम नपाउँदा भूकम्पपीडितको बिचल्ली – Gaule Khabar

अनुदान रकम नपाउँदा भूकम्पपीडितको बिचल्ली

अनुदान रकम नपाउँदा भूकम्पपीडितको बिचल्ली

काभ्रे, माघ २९ –

भुम्लुटारकी सावित्री उप्रेतीले हालसम्म पनि सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम पाउनुभएको छैन ।

राहत रकम नपाउँदा उहाँको परिवार दुई वर्षदेखि अस्थायी टहरामा नै बस्दै आएको छ । उहाँ आफैले नयाँ घर बनाउनसक्ने अवस्था छैन ।

“सरकारले परिचयपत्र मात्र उपलब्ध गराएको छ, राहत रकमको अहिलेसम्म कुनै टङुगो छैन” उप्रतीले भन्नुभयो । उपे्रती मात्र होइन उक्त क्षेत्रका धेरैजसो भूकम्पपीडितले परिचयपत्रसमेत नपाएको
अवस्था छ । उनीहरु राहत नपाउने हो कि भन्ने चिन्तामा परेकाछन् ।

भुम्लुटार र फलाँटे गाविसबीच सीमा सम्बन्धी विवाद छ । विवादका कारणले गर्दा त्यहाँका स्थानीयले अहिलेसम्म पनि लालपुर्जा पाउन सकेका छैनन् । उनीहरुले लालपुर्जा नपाउँदा हालसम्म परिचयपत्र पाउन नसकेका हुन् । लामो समयदेखि चल्दै आएको भुम्लुटार र फलाँटेको सीमा विवाद सुल्झाइदिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।
भुम्लुटार गाविसमा कुल ६६३ घरधुरी भूकम्पपिडित रहेका छन् । उक्त क्षेत्रको ६ हजार ५०० जनसंख्या रहेको गाविस सचिव रमेशप्रसाद दवाडीले बताउनुभयो ।उहाँले उक्त क्षेत्रको समस्याबारे लामो समयदेखि छलफल भइरहेको तर हालसम्मपनि समस्या समाधान हुन नसकेको बताउनुभयो । उक्त क्षेत्रका स्थानीयलाई तत्काल लालपुर्जा वितरण गर्न सकिए समस्याको समाधान हुने आशा उहाँको छ ।
स्थानीय बासिन्दाले लालपुर्जाको समस्याबारे मालपोत र नापी कार्यालयको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । भुकम्पबाट भुम्लुटार गाविसका १६ जनाले ज्यान गुमाएका थिए । सो गाविसका ४१९ घरधुरीमध्ये ५० घरधुरीले मात्र लालपुर्जा पाएको फलाटे गाविसका शिक्षक रमेशराज खरेल बताउनुहुन्छ ।भुकम्पपिडितलाई तत्काल लालपुर्जा वितरण गर्न डिजिटल नापी स्थानीय क्षेत्रमा आउने आशा खरेलले व्यक्त गर्नुभयो ।कोशीपारी क्षेत्रका विभिन्न गाविसहरुमध्येयस क्षेत्रमा जनधनको क्षति भए पनि स्थानीयले अहिलेसम्म राहत नपाएको गुनासो
उहाँले व्यक्त गर्नुभयो ।

भुम्लुटार र फलाँटे क्षेत्रका बासिन्दालाई लालपुर्जा डिजिटल प्रविधिबाट वितरणगरिने काभ्रेका नापी प्रमुख रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उक्त क्षेत्रमालालपुर्जा वितरण गर्न कार्यालयले एउटा टोली खटाउने उहाँले जानकारी दिनुभयो भुम्लुटार र फलाँटे गाविसमा हालसम्म भुकम्पपीडित परिचयपत्र नपाएपछि कतिपय व्यक्तिले आफ्नै व्यक्तिगत लगानीमा घर समेत बनाउन थालेका छन् । त्यस्तै अरुको घरमा जग्गा कमाएर बसेकाहरुका भने भुकम्पपछि बिचल्लि छ ।
भुकम्पपीडितले भूकम्पपछि चर्किएको जमिनमा टहरा बनाएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले भुम्लुटार र फलाँटेमा जस्तै अन्य गाविसमा पनि पिडितले लालपुर्जा नपाएकाले लालपुर्जा वितरणको विषयमा छलफल भइरहेको बताउनुभयो । सम्बन्धित क्षेत्रको समस्याका विषयमा जानकारी लिन शुक्रबार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सञ्चारकर्मीसहितको टोली सो क्षेत्रमा पुगेको थियो । समस्या समाधानका निम्ति जिल्ला प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने प्रजिअ सिम्खडाले बताउनुभयो ।

भूकम्पपीडितको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले आफूले सक्ने भए जिल्लाबाटै कार्य गरिने र नसक्ने भए तत्काल त्यसलाई केन्द्रमा पठाउने उहाँको भनाइ थियो । पुनःनिर्माण प्राधिकरणमा आफ्ना गुनासा टिपाउन समेत उहाँले पीडितलाई आग्रह गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका