Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा प्रहरी परिचालन – Gaule Khabar

सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा प्रहरी परिचालन

सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा प्रहरी परिचालन

चितवन, माघ २९–
चितवनको भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ । संभावित घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित परिवार अस्पतालमा भेला भएपछि प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अत्याधिक रक्तश्रावका कारण गोरखाको ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमला श्रेष्ठ मृत्यु भएको हो । श्रेष्ठलाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पतालमा ल्याइएको थियो। उनले बच्चा जन्माइसकेपछि शुक्रबार मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका